अर्घाखाँची: सन्धिखर्क–७ मा महिला स्वास्थ्य स्वयंसेविका सम्मान, उत्कृष्ट तीन पुरस्कृत (तस्बिर सहित)

 

-अनिल नेपाली | अर्घाखाँची।

सन्धिखर्क सन्धिखर्क नगरपालिका वडा नं. ७ ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ।

May be an image of one or more people and text

वडाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार महिला स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो।

May be an image of one or more people and text that says "মामতर सशिपबकं गारवामंगरव ব্ਲ্ধ बहर सामुदायिक स्वास्थ्य महिणा सुम्मान तथा प्रत्साहन कारयक्रम कारक्म स्वरांसेविका सन्धिखर्क आयोजक नगरपालिका कार्यालय ๒ न. फज्याल्रि, वडा अ्धरोदी मिति२०श/१२/शम्ते गते मिति २०८२/१२/"

कार्यक्रममा वडा नं. ७ का अध्यक्ष चुराबहादुर केसीले मन्तव्य राख्दै घर–घरमा पुगेर स्वास्थ्य सेवा पुर्‍याइरहेका स्वयंसेविकाहरूले स्वास्थ्य सूचक सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

May be an image of dais and text

अध्यक्ष केसीले वडा भित्रका दुर्गम क्षेत्रमा निस्वार्थ सेवामा सक्रिय स्वयंसेविकाहरूको मेहनत सदैव अविस्मरणीय रहने उल्लेख गरे।

images

May be an image of one or more people and text

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले यस आर्थिक वर्षमा समुदायस्तरमा सञ्चालन गरेका विभिन्न स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनका आधारमा उत्कृष्ट स्वयंसेविकाहरूलाई पुरस्कृत गरिएको थियो।

images

May be an image of one or more people, temple and text

पुरस्कृत हुनेमा प्रथम शुभकला नेपाली, दोस्रो मैना खत्री र तेस्रो विमला केसीलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो। साथै, सबै स्वयंसेविकाहरूलाई साइडब्याग तथा सञ्चार खर्च उपलब्ध गराई प्रोत्साहन गरिएको छ।

images

May be an image of one or more people and text

वडा अध्यक्ष चुराबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य मिना ज्ञवालीको स्वागत मन्तव्य रहेको थियो।

May be an image of one or more people, people studying, hospital and text

कार्यक्रममा वडा सदस्य पुष्पा नेपाली, डुकलाल पोखेल, जनस्वास्थ्य निरीक्षक प्रकाश परियार, वाङ्ला स्वास्थ्य चौकी प्रमुख युवराज खनाल, खाँचीकोट स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विक, स्वास्थ्यकर्मी, वडा कर्मचारी तथा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

Nepal life insurance

May be an image of one or more people, hospital and text

कार्यक्रम वडा सचिव सीता वीसी पराजुलीले सञ्चालन गर्नुभएको थियो।

 

Nepal life insuranceimagesimagesimages