

हतियार निर्यातमा लगाइएको प्रतिवन्ध खुकुलो पार्ने र सैन्य विस्तारलाई अगाडि बढाउने सरकारको कदमको जापानी नागरिकहरुले विरोध गरेका छन् । टोकियोको व्यस्त इकेबुकुरो स्टेशनबाहिर जापानका धेरै विपक्षी दलका वरिष्ठ नेताहरू र हजारौं नागरिकहरूले विरोध जनाएका हुन् ।

उनीहरूले देशको भविष्यको बाटोप्रति चिन्ता व्यक्त गरेका छन् ।
आयोजकका अनुसार यस विरोध प्रदर्शनमा ६ हजार भन्दा बढी मानिस सहभागी थिए । जापानी सञ्चारमाध्यमहरूले यसअघि नै रिपोर्ट गरेका थिए कि ताकाइची सरकारले वैदेशिक हतियार निर्यात प्रतिवन्धहरू खुकुलो पार्न यसै महिनाभित्र ‘रक्षा उपकरण र प्रविधि हस्तान्तरणका तीन सिद्धान्तहरू’ को कार्यान्वयन दिशानिर्देशहरू परिमार्जन गर्ने योजना बनाएको छ ।
#जापान #विपक्षीदल #हतियारनिर्यात #सरकारीनिर्णय #JapanPolitics #ArmsExport #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



