कपिलवस्तु क्षेत्र नं ३ सांसद शाहद्वारा प्रधानमन्त्रीसँग योजना माग

-धर्मेन्द्र कुमार कुर्मी,  विजयनगर ।

कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले कपिलवस्तुको समग्र विकासका लागि विभिन्न महत्वपूर्ण योजना माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रस्ताव पेश गर्नुभएको छ ।

सांसद शाहले लिखित रूपमा पेश गरेको मागपत्रमा शिवराज अस्पतालको व्यवस्थापन सुदृढीकरण, हुलाकी सडकको मर्मत सम्भार, स्पोर्ट्स युनिभर्सिटी स्थापना, ऐतिहासिक शिवराज किल्लाको संरक्षण तथा व्यवस्थापन लगायतका विषय समेटिएका छन् ।

त्यसैगरी, जिल्लामा देखिएको सिँचाइ समस्याको दीर्घकालीन समाधान, सीमावर्ती क्षेत्रका समस्या समाधान, कृष्णनगरमा होल्डिङ सेन्टर स्थापना, प्राविधिक शिक्षाको विस्तार तथा सडक सञ्जाल विकासका योजनाहरू पनि प्राथमिकतामा राखिएको सांसद शाहले उल्लेख गर्नुभएको छ ।

कपिलवस्तुको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा पर्यटन क्षेत्रको समग्र विकासका लागि यी योजनाहरू अत्यन्त आवश्यक रहेको उहाँको भनाइ छ। साथै, ती योजनाहरू कार्यान्वयनमा आएमा जिल्लाको आर्थिक तथा सामाजिक अवस्था सुधार हुने विश्वास व्यक्त गरिएको छ।

May be an image of text

May be an image of text

May be an image of text

May be an image of blueprint and text

Nepal life insuranceimagesimagesimages