भ्यान्सद्वारा बुडापेस्ट र्‍यालीमा ओर्बानको समर्थन, ईयू कर्मचारीतन्त्रको आलोचना

 

अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले मंगलवार दिउँसो हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगै बुडापेस्टमा आयोजित चुनावी ¥यालीमा सहभागी भई युरोपेली संघ (ईयू) का नीतिहरूको आलोचना गर्दै आगामी निर्वाचनका लागि ओर्बानलाई समर्थन व्यक्त गर्नुभएको छ ।

एमटीके स्पोट्र्सपार्कमा आयोजित हंगेरी–अमेरिकी मित्रताको दिन नामक कार्यक्रममा बोल्दै भ्यान्सले हंगेरीवासीहरूलाई राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न आह्वान गर्नुभयो ।

युरोपेली कर्मचारीतन्त्र भनी वर्णन गरेको कुराको प्रतिरोध गर्न आग्रह गर्नुभयो । ¥यालीका क्रममा भ्यान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्नुभएको थियो । छोटो समयका लागि भीडलाई सम्बोधन गर्दै हंगेरीको प्रशंसा गर्नुभयो ।

ओर्बानलाई एक शानदार व्यक्तिको रूपमा वर्णन गर्दै वाह्य दबाबको प्रतिरोध गरेर देशलाई बलियो राखेको बताउनु भयो । आफ्नो भाषणमा भ्यान्सले सार्वभौमसत्ता, सीमा नियन्त्रण, पारिवारिक सहयोग र ऊर्जा सुरक्षाका बारेमा हंगेरीका नीतिहरूको प्रशंसा गर्नुभयो ।

जबकि आप्रवासन, ऊर्जा मूल्य र राष्ट्रिय सार्वभौमसत्ताको व्यवस्थापनका विषयमा ईयू नेताहरूको आलोचना गर्नुभयो । सन् २०१० देखि सत्तामा रहेका ओर्बानले आफ्नो अहिलेसम्मकै सबैन्दा चुनौतीपूर्ण प्रतिष्पर्धाको रूपमा वर्णन गरिएको निर्वाचनमा पुनः निर्वाचित हुन खोजिरहेका छन् । संसदीय निर्वाचन आईतवार, अप्रिल १२ का लागि तय गरिएको छ ।

 

Nepal life insuranceimagesimagesimages