इजरायली आक्रमणबारे पाकिस्तानी र लेबनानी प्रधानमन्त्रीबीच टेलिफोन संवाद

 

प्रधानमन्त्री कार्यालयकाअनुसार पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले बिहीवार आफ्ना लेबनानी समकक्षी नवाफ सलामलाई फोन गरी लेबनानमाथि भइरहेको इजरायली आक्रमणबारे छलफल गर्नुभएको छ ।

फोन वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले लेबनानमा जारी शत्रुतापूर्ण गतिविधिमा हजारौंको ज्यान गएकोमा समवेदना व्यक्त गर्दै पाकिस्तान क्षेत्रीय शान्तिका लागि इमानदार प्रयासमा जुटेको बताउनुभएको कार्यालयले जनाएको छ ।

आफ्नो तर्फबाट लेबनानी प्रधानमन्त्रीले लेबनान र त्यहाँका जनतालाई लक्षित गरी भइरहेको आक्रमण तत्काल अन्त्य गर्न पाकिस्तानको सहयोग माग्नुभयो । कार्यालयकाअनुसार दुवै नेताहरू आगामी दिनमा पनि नियमित सम्पर्कमा रहन सहमत हुनुभएको छ ।

#इजरायल #पाकिस्तान #लेबनान #MiddleEast #युद्ध #कूटनीति #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages