न्युयोर्कमा इरान युद्धको विरोधमा प्रदर्शन

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा इरान युद्ध र इजरायललाई हतियार उपलब्ध गराएको विरोधमा प्रदर्शन गरिरहेका ९० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरूले म्यानहट्टन क्षेत्रमा सडकमा उत्रिएर नाराबाजी गर्दै सवारी आवागमन अवरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गरेको हो । ट्राफिक अवरोध भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रदर्शनमा सहभागीहरूले सडक कब्जा गर्दै युद्धको विरोध गरेका थिए । उनीहरूले जनताको हितमा लगानी गर्नुपर्ने भन्दै बम र युद्धका लागि खर्च रोक्नुपर्ने माग गरेका थिए ।

प्रदर्शनकारीहरूले यसअघि अमेरिकी नेताहरूका कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए । तर रोक लगाएपछि उनीहरूले सडकमै विरोध प्रदर्शन सुरु गरेका थिए । त्यसपछि प्रहरीले कारबाही गर्दै सबैलाई बसमा राखेर लगेको जनाएको छ । पक्राउ पर्नेमा केही चर्चित व्यक्तिहरू पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

May be an image of textNepal life insuranceimagesimagesimages