बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । भारतको बिहारमा सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक दलको नेतामा सम्राट चौधरी सर्वसम्मत रूपमा चयन गरेसँगै चौधरी विहारको नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।

यसअघि मुख्यमन्त्री रहेका नितिश कुमार राज्यसभा सांसद बन्दै राजीनामा दिएपछि विहारमा नयाँ मुख्यमन्त्रीको रुपमा बिजेपीका चौधरीलाई अगाडी सारिएको छ । चौधरी विधायक दलको नेता बनेपछि राज्यपालसँग भेट गरेर सरकार बनाउने दाबि पेश गरेको र उनको शपथ बुधबार हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

नेतामा चयन भएपछि चौधरीले पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै आफूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले लामो समयदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै पार्टीले दिएको हरेक जिम्मेवारी सफलतापूर्वक निभाउँदै आएको बताए ।

गत बर्ष नोभेम्बरमा भएको निर्वाचनमा बिहारमा एनडिएले २४३ सदस्यीय विधान सभामा २०२ सिटमा जित हासिल गरेको थियो ।

७५ बर्षिय नितिश कुमार आफ्नो कुल कार्यकालमा करिब २० बर्ष बिहारको मुख्यमन्त्री बनेका थिए । योसँगै विहारमा नितिश कुमार युगको अन्त्य भएको छ ।

#बिहार #नितिशकुमार #बीजेपी #सम्राटचौधरी #मुख्यमन्त्री #भारतसमाचार #IndianPolitics #BreakingNews #TodayNews #SouthAsiaNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🇮🇳

May be an image of textNepal life insuranceimagesimagesimages