काठमाडौंमा रात्रिकालीन बस सेवा शुरुः विद्यार्थी र श्रमीकका लागि बिहान ४ बजेदेखि बस सेवा सञ्चालनको तयारी

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

काठमाडौंमा नयाँ वर्षको अवसर पारेर उपत्यकामा रात्रिकालीन बस सेवाको शुभारम्भ भएको छ ।   महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यो सेवाको शुरुवात गर्दै यसलाई निरन्तरता र विस्तार गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । हाललाई दुईवटा रुटबाट शुरु गरिएको यो सेवालाई क्रमशः अन्य रुटहरूमा पनि विस्तार गरिने डंगोलले बताउनु भयो ।

रिङरोड र अन्य क्षेत्रमा पनि रात्री सेवाको माग भइरहेको उहाँको भनाइ थियो । रात्री सेवा मात्र नभई बिहान सबेरै काममा जाने श्रमिक र बिहान ६ बजे कलेज जाने विद्यार्थीका लागि साढे ४ देखि ५ बजे नै बस सेवा शुरु गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो ।

यसका लागि बुढानीलकण्ठ र चन्द्रागिरी नगरपालिकाले चार्जिङ स्टेशनका लागि ठाउँ उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेका छन् । चार्जिङ स्टेशनको व्यवस्था भएपछि बिहानको सेवा पनि प्रभावकारी हुने उहाँले बताउनु भयो । विगतमा रात्रिकालीन बस सेवा असफल हुनुको मुख्य कारण ‘नाफामुखी’ (प्रफिट ओरिएन्टेड) सोच रहेको उल्लेख गर्दै डंगोलले यसपटक सेवाको प्रभावकारितालाई जोड दिइने बताउनु भयो । यो सेवालाई दिगो बनाउन काठमाडौं महानगरपालिका एक्लैले नभई उपत्यकाका सबै पालिकाहरूले अपनत्व लिनुपर्ने र वित्तीय साझेदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रात्रीकालीन अर्थतन्त्र (नाइट इकोनोमी) र पर्यटन क्षेत्रसँग जोडिएका निजी संघसंस्थाहरूलाई पनि यसमा सहभागी गराइने उहाँले बताउनु भयो । सेवालाई दिगो बनाउन एउटा छुट्टै कोष (फण्ड) खडा गर्ने योजना समेत रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले नै सबै कुरामा विज्ञ भइसकेका छैनौं, त्यसैले दुई रुटबाट शुरु गरेका हौँ । तर यो कतै गएर रोकिनका लागि होइन, अझ विस्तार गर्नका लागि गरिएको शुरुवात हो । कतिपय सेवाहरू नाफा–घाटाभन्दा पनि जनमानसको जीवनलाई कति सहज बनायो भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ । यो वित्तीय लाभका लागि सुरु गरिएको काम हुँदै होइन ।’

व्यवस्थित, सुरक्षित र वातावरणमैत्री यातायातको माध्यमबाट सिङ्गो काठमाडौं उपत्यकालाई अझ बढी गतिशील र सुरक्षित बनाउने लक्ष्यका साथ यो यात्रा शुरु गरिएको कार्यवाहक प्रमुख डंगोलको भनाइ छ । २०८३ साल वैशाख १ गतेदेखि उपत्यकाका मुख्य रुटहरूमा राती ११ बजेसम्म बस सेवा सञ्चालन भएको हो । रात्रिकालीन समयमा काम गर्ने व्यवसायी, अस्पताल आवतजावत गर्ने यात्रु, आन्तरिक तथा बाह्य पर्यटक र आम नागरिकलाई सुरक्षित र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले यो सेवा शुरु गरिएको बताइएको छ ।

राती ८ बजेदेखि ११ बजेसम्म प्रत्येक २० मिनेटको अन्तरालमा बसहरू सञ्चालन हुनेछन् पहिलो चरणमा लगनखेलदेखि बुढानीलकण्ठ र नागढुङ्गा (थानकोट चेकपोस्ट) देखि एयरपोर्ट रुटमा विद्युतीय बस सेवा सञ्चालन हुनेछ । मागका आधारमा क्रमशः चक्रपथ र भक्तपुर क्षेत्रमा पनि सेवा विस्तार गरिनेछ । रात्रिकालीन यात्रालाई सुरक्षित र मर्यादित बनाउन प्रत्येक बसमा काठमाडौं महानगरपालिकाका एक–एक जना नगर प्रहरी पोशाकमा खटिनेछन् ।  २०८३ असार मसान्तसम्मको सञ्चालन खर्च साझा यातायात स्वयंले व्यहोर्नेछ । त्यसपछि टिकट आम्दानीले खर्च धान्न नसकेको अवस्थामा सम्बन्धित नगरपालिकाहरूले बजेट विनियोजन गरी शोधभर्ना गर्ने सहमति भएको छ । यसका लागि ‘रात्रिकालीन साझा बस सञ्चालन बास्केट फण्ड’ समेत खडा गरिनेछ ।

 

May be an image of textNepal life insuranceimagesimagesimages