अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने साउदी अरबको चेतावनी

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने घोषणा गरेको छ । अप्रिल १८ देखि जुनको मध्यसम्म लागू हुने नयाँ नियमअनुसार अधिकतम १ लाख साउदी रियालसम्म जरिवाना लगाइने बताइएको छ । हज सिजनका बेला मक्का र आसपासका पवित्र स्थलमा कडाइ गरिने जनाइएको छ ।

गृह मन्त्रालयका अनुसार भ्रमण भिसा मिलाइदिने, यातायात वा बसोबासको व्यवस्था गर्ने व्यक्तिलाई पनि समान जरिवाना गरिनेछ । एकभन्दा बढी व्यक्ति संलग्न भएमा जरिवाना रकम अझ बढ्न सक्नेछ । अनुमतिबिना मक्कामा प्रवेश गर्ने वा भिसा अवधि नाघेर बस्ने व्यक्तिलाई देशनिकाला गरी १० वर्षसम्म पुनः प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।

यसका साथै यस्ता गतिविधिमा प्रयोग गरिएका सवारीसाधनसमेत जफत गर्न सकिने व्यवस्था गरिएको छ । जरिवाना लगाएपछि ३० दिनभित्र उजुरी दिने र ६० दिनभित्र प्रशासनिक अदालतमा पुनरावेदन गर्ने अधिकार पनि दिइएको छ ।

#SaudiArabia #Hajj #हज #Warning #InternationalNews #SaudiNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🕋⚠️

 

May be an image of textNepal life insuranceimagesimagesimages