होर्मुज खोल्न पहल गर्न इरानलाई चीनको आग्रह

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । चीनले इरानसँग होर्मुज जलडमरूमध्य खोल्न आग्रह गरेको छ । चीनका विदेशमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग सामान्य आवागमन पुनः सञ्चालन गर्न पहल गर्न अनुरोध गरेका हुन् ।

वाङ यीले इरानको सार्वभौमसत्ता र सुरक्षाको सम्मान आवश्यक रहेको उल्लेख गर्दै उक्त समुद्री मार्गमा आवागमनको स्वतन्त्रता र सुरक्षाको सुनिश्चितता पनि उत्तिकै महत्वपूर्ण भएको बताएका छन् । उनले यो मार्ग खुला राख्नु सबै देशको हितमा रहेको धारणा व्यक्त गरेका छन् ।

उनका अनुसार चीन युद्धविराम कायम राख्न र वार्ता पुनः सुरु गर्न समर्थन गर्दछ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य सधैंका लागि खुला बनाउने दाबी गरेका थिए । सामाजिक सञ्जालमार्फत उनले चीनसहित विश्वका लागि आफूले यस्तो पहल गरेको उल्लेख गरेका छन् ।

होर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो । सामान्य अवस्थामा यहाँबाट विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने गर्छ । तर गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलको आक्रमणपछि इरानले उक्त मार्गमा नाकाबन्दी गरेपछि अवस्था तनावपूर्ण बनेको छ ।

यस मार्ग बन्द हुँदा विश्वभर ऊर्जा आपूर्तिमा समस्या देखिएको छ र तेल तथा ग्यासको मूल्य बढेको छ । विज्ञहरूले आगामी दिनमा ऊर्जा आपूर्तिमा अझ गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

 

May be an image of textNepal life insuranceimagesimagesimages