होर्मुजको नाकाबन्दी सहमतिपछि मात्रै हट्ने

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । अमेरिका र इरानबीचको तनाव झन् बढ्दै गएको छ । अमेरिकाले इरानमाथि दबाब बढाउँदै उसका बन्दरगाहमा गरिएको नाकाबन्दी लामो समयसम्म जारी राख्ने संकेत दिएको छ ।

अमेरिकी प्रशासनका वरिष्ठ अधिकारी स्टीफन मिलरले आवश्यक परे यो कदम अनिश्चित समयसम्म पनि जारी रहन सक्ने बताएका छन् । उनले नाकाबन्दीका कारण इरानको अर्थतन्त्र प्रभावित भइरहेको र सहमतिमा नआए अमेरिकाले दबाब अझै बढाउन सक्ने बताएका छन् ।

यता इरानले भने कडा प्रतिक्रिया दिएको छ । इरानले आफ्नो हित सुरक्षित नभएसम्म होर्मुज जलडमरूमध्य नछोड्ने स्पष्ट पारेको छ । इरानी नेतृत्वका सैन्य सल्लाहकार मोहसिन रेजाईले यो क्षेत्र आफ्नो लागि अत्यन्तै महत्वपूर्ण रहेको र आर्थिक तथा समुद्री हित जोगाउन नियन्त्रण कायम राखिने बताएका छन् ।

रेजाईका अनुसार अब हुने कुनै पनि सहमति विगतका अनुभवबाट सिकेर सावधानीका साथ गरिनेछ र वार्ताका सर्तहरू इरानले नै तय गर्नेछ । यसैबीच चीनका विदेशमन्त्री वाङ यीले इरानसँग जहाजहरूको सुरक्षित र अवरोधविहीन आवागमन सुनिश्चित गर्न आग्रह गरेका छन् ।

इरानी सेना प्रमुख आमिर हातामीले देशको रक्षा गर्न आफूहरू जस्तोसुकै बलिदान दिन तयार रहेको बताएका छन् । उनले अमेरिका र इजरायललाई चेतावनी दिँदै इरानलाई झुकाउने प्रयास कहिल्यै सफल नहुने दाबी गरे ।

यसबीच अमेरिकी सेनाले इरानबाट निस्कन खोजेका १३ वटा जहाज फर्काइदिएको जनाएको छ । नाकाबन्दी सुरु भएयता कुनै पनि जहाजले मार्ग पार गर्न नसकेको अमेरिकी पक्षले दाबी गरेको छ ।

उता अमेरिकी प्रतिनिधि सभाले इरानविरुद्धको युद्ध रोक्ने प्रस्ताव अस्वीकार गरेको छ । विपक्षी दलले ल्याएको प्रस्ताव एक मतले खारेज गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा समर्थन देखाइएको छ ।

अर्कोतर्फ ट्रम्पले इरानसँग वार्ता भइरहेको र सम्झौता हुनसक्ने दाबि गरेपनि इरानबाट यसको खण्डन गरिएको छ ।

 

May be an image of textNepal life insuranceimagesimagesimages