इजरायल र लेबनानका नेताहरू आगामी हप्ता ह्वाइट हाउस जाने, राष्ट्रपति ट्रम्पद्वारा भेटवार्ताको घोषणा

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र लेबनानबीच १० दिने युद्धविरामको घोषणासँगै आगामी दुई हप्ताभित्र दुवै देशका शिर्ष नेताहरूलाई ह्वाइट हाउसमा भेट्ने कार्यक्रम रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानी राष्ट्रपति जोसेफ आउनसँग आगामी एक वा दुई हप्ताभित्र ह्वाइट हाउसमा भेटवार्ता गर्ने बताउनुभएको हो ।

४४ वर्षमा पहिलो पटक हुन लागेको यस्तो भेटलाई उहाँले अत्यन्तै उत्साहजनक र ऐतिहासिक कदमको रूपमा चित्रण गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायल र लेबनानबीच बिहीबार साँझ ५ बजे (अमेरिकी समय) देखि लागू हुनेगरी १० दिने युद्धविराममा सहमति भएको जानकारी दिनुभएको केही घण्टापछि यो घोषणा आएको हो । उहाँले लेबनान र इजरायलबीचको सम्झौताले हिजबुल्लाहको समस्या समाधान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको ६ बुँदे विज्ञप्ति अनुसार, युद्धविरामको समयमा इजरायलले आफ्नो आत्मरक्षाका लागि आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित राखेको छ । यद्यपि, इजरायलले लेबनानी भूभागमा हवाई, स्थल वा समुन्द्री मार्गबाट कुनै पनि आक्रामक सैन्य कारबाही नगर्ने प्रतिवद्धता जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, लेबनान सरकारले युद्धविराम अवधिमा हिजबुल्लाह र अन्य गैर–राज्य सशस्त्र समूहहरूलाई शत्रुतापूर्ण गतिविधि गर्नबाट रोक्न ठोस कदम चाल्नेछ । यदि वार्तामा प्रगति देखिएमा र लेबनानले आफ्नो सार्वभौमसत्ता प्रभावकारी रूपमा प्रदर्शन गरेमा यो युद्धविराम आपसी सहमतिमा थप विस्तार गर्न सकिनेछ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको समयमा इजरायली सेना लेबनानमा हालकै स्थानहरूबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ । विदेश मन्त्रालयकाअनुसार दुवै देशका सरकारहरू युद्धविरामका शर्तहरूमा पूर्ण रूपमा सहमत भएका छन् ।

#इजरायल #लेबनान #ह्वाइटहाउस #डोनाल्डट्रम्प #अन्तर्राष्ट्रियसम्बन्ध #मध्यपूर्व #कूटनीति #विश्वराजनीति #शान्तिवार्ता #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

May be an image of textNepal life insuranceimagesimagesimages