अमेरिकी जनरलद्वारा विश्वभरका इरानी झण्डावाहक जहाजहरू खोज्ने चेतावनी

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

पेन्टागनमा आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकी जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष ड्यान केनले बिहीवार चेतावनी दिनुभएको छ कि विश्वभर तैनाथ अमेरिकी सैनिकहरूले इरानी झण्डावाहक जहाज वा इरानलाई भौतिक सहयोग पुर्याउन खोज्ने कुनै पनि जहाजलाई सक्रिय रूपमा खोज्ने चेतावनी दिनुभएको छ ।

अमेरिकी नौसेनाले आगामी सोमवारदेखि इरानी बन्दरगाहहरूमा जाने वा त्यहाँबाट प्रस्थान गर्ने सबै जहाजहरूमाथि नाकाबन्दीको घोषणा गरेको छ । इस्लामावादमा भएको अमेरिका र इरानबीचको वार्तामा कुनै सम्झौता हुन नसकेपछि यो कडा कदम चालिएको हो ।

जनरल केनकाअनुसार यो नाकाबन्दी इरानको क्षेत्रीय समुन्द्र र अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागू हुनेछ । सामुन्द्रिक सुरक्षा प्रवद्र्धनका लागि १० हजार भन्दा बढी अमेरिकी नाविकहरू, म्यारिन्स र वायुसेनाका कर्मचारीहरू परिचालन गरिएका छन्, जसलाई १२ ओटा युद्धपोत र दर्जनौं विमानहरूले सहयोग गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको अमेरिकी–इजरायली युद्ध अन्त्यको नजिक रहेको बताउनुभएको थियो । यद्यपि उहाँले अझै पनि कुनै स्पष्ट समयरेखा दिनुभएको छैन । हाल दुई हप्ताको युद्धविराम जारी छ जुन अर्को हप्ता समाप्त हुनेछ ।

 

May be an image of textNepal life insuranceimagesimagesimages