अस्ट्रेलियाको तेल प्रशोधन केन्द्रमा भीषण आगलागी, इन्धन आपूर्तिमा ठूलो असर पर्ने सम्भावना

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

अस्ट्रेलियाको भिक्टोरिया राज्य स्थित जिलङ नजिकै रहेको ‘भिवा एनर्जी’ तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ । अस्ट्रेलियाका ऊर्जा मन्त्री क्रिस बोवेनले बिहीवार बिहान जानकारी दिएअनुसार यस आगलागीले देशको राष्ट्रिय इन्धन आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्नेछ ।

गए राति आगलागीका कारण ठूला विष्फोटहरू भएका थिए र आकाशमा धुवाँको बाक्लो मुस्लो देखिएपछि आपतकालीन चेतावनी जारी गरिएको थियो । यो रिफाइनरी अस्ट्रेलियामा सञ्चालनमा रहेका मात्र दुईवटा तेल प्रशोधन केन्द्रहरूमध्ये एक हो । तथ्याङ्कअनुसार यस केन्द्रले भिक्टोरिया राज्यको कुल इन्धन आपूर्तिको ५० प्रतिशत र राष्ट्रिय आपूर्तिको १० प्रतिशत हिस्सा ओगट्छ ।

मन्त्री बोवेनकाअनुसार आगलागीले विशेषगरी पेट्रोल उत्पादनमा बढी असर पार्ने देखिएको छ ।

दमकल विभागकाअनुसार आगलागी रिफाइनरीको मोटर ग्यासोलिन एकाइबाट शुरु भएको थियो र आगोको लप्का ६० मिटर उचाइसम्म पुगेको थियो । अधिकारीहरूका अनुसार हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन र सबै कर्मचारीहरू सुरक्षित अवस्थामा फेला परेका छन् । आगलागी पूर्ण रूपमा नियन्त्रणमा नआउन्जेल सावधानीका रूपमा हाल डिजेल र जेट इन्धनको उत्पादन कम स्तरमा भइरहेको छ । स्थानीय प्रशासनले जिलङका बासिन्दाहरूलाई घरभित्रै रहन, झ्याल–ढोकाहरू बन्द गर्न र एयर कन्डिसन प्रणालीहरू बन्द गर्न सल्लाह दिएको  छ।

#अस्ट्रेलिया #तेलप्रशोधन #आगलागी #ऊर्जासंकट #इन्धनआपूर्ति #विश्वसमाचार #आपतकालीन #औद्योगिकदुर्घटना #जलन #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

May be an image of textNepal life insuranceimagesimagesimages