अमेरिकी–इरान वार्ताका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

पाकिस्तानी सेना प्रमुख असिम मुनिरको नेतृत्वमा रहेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल तेहरान पुगेको छ । यस भ्रमणको मुख्य उद्देश्य संयुक्त राज्य अमेरिका र इरानबीचको वार्ता र मध्यस्थता प्रयासलाई अगाडि बढाउनु रहेको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सकाअनुसार मुनिरसँगै गृहमन्त्री मोहसिन नकवी र अन्य वरिष्ठ अधिकारीहरू पनि रहेका छन् ।

उनीहरू जारी मध्यस्थता प्रयासको एक हिस्साको रूपमा इरानी राजधानी पुगेका हुन् ।

आधिकारिक स्रोतहरूले सिन्ह्वालाई जानकारी दिएअनुसार, इस्लामावादले अमेरिका र इरानबीचको वार्तालाई सहज बनाउन आफ्नो भूमिकालाई तिब्र बनाएको छ ।

प्रतिनिधिमण्डलले दुई पक्षबीचको संवादलाई अगाडि बढाउन महत्वपूर्ण सन्देशहरू पु¥याउने लक्ष्य राखेको छ । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, सुरक्षा संस्थाका सदस्य र प्राविधिक विज्ञहरू पनि समावेश छन्, जसले यस संलग्नताको बहुआयामिक प्रकृति झल्काउँछ ।

यो भ्रमण इस्लामावादमा यसअघि भएका वार्ताहरू र वाशिङ्गटन र तेहरानबीचको सम्भावित अर्को चरणको वार्ताको व्यवस्था गर्ने निरन्तर प्रयासका बीचमा भएको हो। यसले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि पाकिस्तानको कुटनीतिक सक्रियतालाई थप प्रमाणित गरेको छ ।

 

#अमेरिका #इरान #पाकिस्तान #सेनाप्रमुख #तेहरान #कूटनीति #मध्यपूर्व #वार्ता #अन्तर्राष्ट्रियराजनीति #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

May be an image of textNepal life insuranceimagesimagesimages