आर्थिक वर्ष २०२५–२६ मा भारतको निर्यात ४.२२ प्रतिशतले वृद्धि

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

भारतको वस्तु र सेवासहितको कुल निर्यात आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५ देखि मार्च २०२६ सम्म) मा ४.२२ प्रतिशतले बढेर ८६०.०९ अर्ब अमेरिकी डलर पुगेको छ । यस आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गर्दै देशका वाणिज्य सचिव राजेश अग्रवालले नयाँ दिल्लीमा पत्रकारहरूसँगको कुराकानीमा यो जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्ष वस्तु निर्यात ०.९३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४३७.७ अर्ब अमेरिकी डलर रहेको वस्तु निर्यात यस आर्थिक वर्ष २०२५–२६ मा बढेर ४४१.७८ अर्ब अमेरिकी डलर पुगेको छ ।

इन्जिनियरिङ सामान, पेट्रोलियम उत्पादन, अभ्रक, कोइला र अन्य खनिज पदार्थ, अन्य खाद्यान्न र हस्तकलाका सामग्रीको निर्यातमा भएको वृद्धिले मुख्य रूपमा निर्यातको तथ्याङ्कलाई माथि उकासेको अग्रवालले बताउनु भयो । यी क्षेत्रहरूले चुनौतीपूर्ण विश्वव्यापी वातावरणमा पनि सकारात्मक प्रदर्शन गरेका छन् । तथापि, आयात निर्यातको तुलनामा अझ तिब्र गतिले बढेको छ।

आर्थिक वर्ष २०२५–२६ मा करिव ९७० अर्ब अमेरिकी डलर बराबरको आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४७ प्रतिशतको वृद्धि हो । आयातमा भएको यस वृद्धिका कारण देशको समग्र व्यापार घाटा अघिल्लो वर्षको ९४.६६ अर्ब डलरबाट बढेर यस वर्ष ११९.३ अर्ब डलर पुगेको जानकारी पनि ती अधिकारीले दिए ।

 

#भारत #निर्यात #आर्थिकवृद्धि #अर्थतन्त्र #व्यापार #विश्वव्यापार #आर्थिकसमाचार #भारतअर्थतन्त्र #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

May be an image of textNepal life insuranceimagesimagesimages