अन्तरिक्षमा रहेका तीन चिनियाँ अन्तरिक्षयात्रीको बसाइ एक महिना थपियो

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । चीनले आफ्नो शेनझोउ- २१ अन्तरिक्ष अभियानअन्तर्गत अन्तरिक्षमा रहेका तीन अन्तरिक्षयात्रीको बसाइ अवधि करिब एक महिना थप गरेको छ । दीर्घकालीन अन्तरिक्ष बसाइसँग सम्बन्धित प्रविधिको परीक्षणका लागि यस्तो निर्णय गरिएको जनाइएको छ ।

यो अभियान ३१ अक्टोबरमा जिउक्वान प्रक्षेपण केन्द्रबाट लङ मार्च–२ एफ रकेटमार्फत प्रक्षेपण गरिएको थियो । सामान्यतया यस्ता अभियानमा अन्तरिक्षयात्रीहरू करिब ६ महिनासम्म अन्तरिक्ष केन्द्रमा बस्ने गर्छन् ।

यस अभियानमा झाङ होङझाङ, वु फेई र कमाण्डर झाङ लु सहभागी छन् । उनीहरू पाँच महिनाभन्दा बढी समयदेखि पृथ्वीको कक्षमा रहेका छन् र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि उनीहरूको फिर्ता अप्रिल आसपास हुने तय गरिएको थियो । तर अहिले अभियान अवधि बढाइएकाले नयाँ फिर्ता मिति सार्वजनिक गरिएको छैन । चीनका अन्तरिक्ष अधिकारीहरूका अनुसार यो विस्तारको मुख्य उद्देश्य लामो समयसम्म अन्तरिक्षमा बस्दा प्रयोग हुने प्रविधिको परीक्षण गर्नु हो । यस अवधिमा अन्तरिक्षयात्रीहरूले आफ्ना वैज्ञानिक तथा प्राविधिक अनुसन्धानलाई निरन्तरता दिनेछन् ।

#चीन #अन्तरिक्षयात्रा #अन्तरिक्षयात्री #स्पेसमिशन #चिनियाँअन्तरिक्षकार्यक्रम #अन्तरिक्षसमाचार #विज्ञानप्रविधि #स्पेसन्यूज #विश्वसमाचार #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

May be an image of textNepal life insuranceimagesimagesimages