इरानको युरेनियम जुनसुकै अवस्थामा पनि नियन्त्रणमा लिन्छौं- ट्रम्प

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युरेनियम जसरी पनि हासिल गर्ने बताएका छन् । उनले इरानसँग रहेको उच्च स्तरमा समृद्ध युरेनियम जुनसुकै अवस्थामा पनि अमेरिकाले आफ्नो नियन्त्रणमा लिने बताएका हुन् ।

एयरफोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले वार्ताबाट सहमति नभए अझ कडा उपाय अपनाउन सकिने चेतावनी दिए । उनले सहमति भए दुवै देश मिलेर युरेनियम हटाइने र पूर्ण रूपमा अमेरिका लैजाने दाबी गरेका छन्, तर यसको समयसीमा भने खुलाएका छैनन् ।

ट्रम्पले बुधबारसम्म इरानसँग ठोस सहमति नभए हाल कायम युद्धविराम अन्त्य हुन सक्ने चेतावनी पनि दिए । उनले नाकाबन्दी जारी रहने र आवश्यक परे फेरि आक्रमण सुरु हुन सक्ने संकेत गरेका छन् ।

यो भनाइ यस्तो समयमा आएको हो, जब अमेरिका र इरानबीचको वार्ता अघि बढ्नुको सट्टा अड्किएको देखिएको छ । पाकिस्तानमा भएको अप्रत्यक्ष संवादबाट पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । पछिल्लो समय गोप्य वार्ताले केही आशा देखाए पनि मुख्य विषयमा अझै सहमति हुन सकेको छैन ।

दुवै पक्षबीच मुख्य विवाद तीन विषयमा केन्द्रित रहेको छ—इरानमाथिका प्रतिबन्ध हटाउने कि नहटाउने, इरानले आफ्नो परमाणु कार्यक्रम कति सीमित गर्ने र समुद्री मार्गमा जहाजको सुरक्षा तथा आवतजावत कसरी सुनिश्चित गर्ने ।

यसबीच केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ट्रम्पका केही दाबी पूर्ण रूपमा पुष्टि नभएको वा बढाइचढाइ गरिएको हुन सक्ने उल्लेख गरेका छन् ।

ट्रम्पले इरानले युरेनियम समृद्धीकरण पूर्ण रूपमा बन्द गर्नुपर्ने दोहोर्‍याउँदै आएका छन् भने इरानले भने अस्थायी रूपमा रोक्न सकिने तर पूर्ण रूपमा त्याग्न नसकिने अडान लिएको छ ।

विशेषज्ञहरूका अनुसार इरानसँग रहेको करिब ४४० किलोग्राम समृद्ध युरेनियम हटाउने प्रक्रिया जटिल र समय लाग्ने खालको विश्लेषण गरिएको छ । त्यसैले ६० दिनभित्र सहमति गर्ने प्रयास भइरहे पनि सो अवधिमा यो काम पूरा हुन कठिन देखिएको छ ।

 

May be an image of textNepal life insuranceimagesimagesimages