टर्कीका राष्ट्रपतिद्वारा खाडी मुलुकहरूको खुला समुन्द्रमा निर्वाध पहुँचको अधिकारमा जोड

 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले खाडी मुलुकहरूको खुला समुद्रमा पहुँचको अधिकारलाई प्रतिवन्धित गर्न नहुने बताउनुभउको छ ।

उहाँले स्थापित नियमहरूमा आधारित नेभिगेसनको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक रहेको र होर्मुज स्ट्रेटलाई व्यापारिक जहाजहरूका लागि खुला राख्नुपर्ने कुरामा जोड दिनुभयो । एन्टाल्यामा एन्टाल्या डिप्लोमेसी फोरमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एर्दोगानले स्थायी शान्ति स्थापनाका लागि युद्धविरामले सिर्जना गरेको अवसरको सदुपयोग गर्न आह्वान गर्नुभयो ।

टर्कीको परराष्ट्र मन्त्रालयले आयोजना गरेको एन्टाल्या डिप्लोमेसी फोरमको ५ औं संस्करण अप्रिल १७ देखि १९ सम्म भोलिको म्यापिङ, अनिश्चितताहरूको व्यवस्थापन“ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको छ ।

यस कार्यक्रमले नेताहरू, नीति निर्माताहरू, कूटनीतिज्ञहरू, शिक्षाविद्हरू, व्यवसायीहरू, मिडिया र नागरिक समाजका प्रतिनिधिहरूलाई अनिश्चितताहरूलाई राम्रोसँग व्यवस्थापन गर्ने तरिकाहरू अन्वेषण गर्न र भविष्यका चुनौतीहरूको तयारी गर्दा दबाबपूर्ण समस्याहरू सम्बोधन गर्न एकै ठाउँमा ल्याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी समुन्द्री नाकाबन्दी पूर्ण प्रभावमा रहने बताउनुभएको छ । यसको जवाफमा इरानले अमेरिकी नाकाबन्दी जारी रहेमा जलमार्ग पुनः बन्द गर्ने चेतावनी दिएको खबर सार्वजनिक भएको छ ।

 

Nepal life insuranceimagesimagesimages