


शेन्जेन अनर स्मार्ट टेक्नोलोजी डेभलपमेण्ट कम्पनी लिमिटेडको ‘फ्ल्यास’ नामको हुमनोइड रोबोटले आईतवार २०२६ बेइजिङ ई–टाउन हाफ म्याराथनमा विजय हासिल गरेको छ ।

फ्ल्यासले स्वायत्त नेभिगेसनमा ५०ः२६ को समयका साथ म्याराथन पूरा ग¥यो । जसले मानिसको हाफ म्याराथन विश्व रेकर्ड (५७ः२०) लाई समेत पछाडि पारेको छ ।

यो कार्यक्रमको दोस्रो संस्करणमा प्रवेश गर्दै गर्दा हुमनोइड रोबोटहरूले उल्लेखनीय प्रगति गरेका छन् र दौडमा थप छिटो र स्थिर हुने प्राविधिक सफलताहरू प्रदर्शन गरेका छन् ।
यस वर्ष जर्मनी, फ्रान्स र ब्राजिल लगायतका देशहरूबाट १०० भन्दा बढी टोलीहरूले सहभागिता जनाएका थिए । प्रतिष्पर्धाका नियमहरूअनुसार सुरक्षा सुनिश्चित गर्न रोबोट र मानव धावकहरूले एउटै बाटो तर छुट्टाछुट्टै लेनहरू प्रयोग गरेका थिए ।



