अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

 

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुर काठमाडौं आइपुगेका छन् ।  मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री कपुर टर्किस एअरलाइन्सको उडानमार्फत इस्तानबुलबाट सोमबार बिहान नेपाल आइपुगेका हुन् ।

उनले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

कपुर नयाँ सरकार गठनपश्चात नेपाल आउने पहिलो उच्चस्तरीय अमेरिकी अधिकारी हुन् । यसअघि उनले बंगलादेशमा नयाँ सरकार गठनपछि भ्रमण गरेका थिए ।

कपुर भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कने बताइएको छ ।

#USA #Kathmandu #Diplomacy #ForeignAffairs #Nepal #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages