


पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामावादमा हुने दोस्रो चरणको वार्ताका लागि तयारी पूरा भएको जानकारी सोमवार पाकिस्तानका लागि इरानी राजदूत रजा अमिरी मोघदामलाई दिएका छन् । गृह मन्त्रालयकाअनुसार मन्त्री नकवीले सो कुराको जानकारी गराएका हुन् । एक विज्ञप्तिअनुसार मन्त्रीले राजदुतसँग दोस्रो चरणको वार्ताको प्रवन्धका विषयमा छलफल गर्न भेट गरेका थिए ।

सो क्रममा उनले भ्रमणमा आउने विदेशी प्रतिनिधिमण्डलका लागि फुलप्रूफ(अचुक) सुरक्षा व्यवस्था मिलाइएको बताउनु भयो । मन्त्रीले संवाद र वार्ताका माध्यमबाट विवाद समाधान गर्ने महत्वमा जोड दिँदै दीर्घकालीन क्षेत्रीय स्थिरता र शान्तिका लागि दिगो समाधान आवश्यक रहेको उल्लेख गर्नुभयो ।
विज्ञप्तिमा जनाइएअनुसार इरानी राजदुतले यस क्षेत्रमा तनाव कम गर्न र संवादलाई सहज बनाउने प्रयासमा पाकिस्तानले निर्वाह गरेको सकारात्मक र रचनात्मक भुमिकाको प्रशंसा गर्नुभयो ।

सोही दिन सबेरै गृहमन्त्रीले इस्लामावादस्थित अमेरिकी दुतावासको भ्रमण गरी इस्लामावाद वार्ताको दोस्रो चरणका लागि गरिएको सुरक्षा व्यवस्थाबारे अमेरिकी पक्षलाई जानकारी गराएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
#Pakistan #US #Iran #Diplomacy #Talks #MiddleEast #PeaceTalks #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



