युद्धमा क्षतिग्रस्त सम्पदा स्थलहरू पुनर्जीवित गर्दै सिरिया

 

सिरियाले एक दशकभन्दा लामो द्वन्द्वमा क्षतिग्रस्त भएका आफ्ना सांस्कृतिक सम्पदा स्थलहरूको जीर्णोद्धारका लागि प्रयास बढाउने वाचा गरेको छ ।

अधिकारीहरूको मुख्य लक्ष्य यी स्थलहरूलाई युनेस्कोको खतराको सूचीबाट हटाउनु हो । अलेप्पोको ऐतिहासिक बजार, जुन १९८६ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको छ, कुनै समय सिल्क रोडको व्यापारको एक मत्वपूर्ण केन्द्र थियो ।

विश्वकै सबैभन्दा ठूलो छाना भएको बजारका रूपमा परिचित यो १३ किलोमिटर लामो क्षेत्र गृहयुद्धका क्रममा नराम्ररी ध्वस्त भएको थियो । २०१२ मा लागेको ठूलो डढेलोले बजारको ठूला खण्डहरूलाई खरानी बनायो, सयौं पसलहरू ध्वस्त बनायो र शताब्दीयौं पुराना संरचनाहरू भत्कायो ।

वर्षौंसम्म चलेको गोलाबारी र लडाइँले ऐतिहासिक बजारलाई खण्डहरमा परिणत ग¥यो, जसले पुस्तौंदेखि पसल चलाउँदै आएका व्यापारीहरूलाई आफ्नो थलो छोड्न बाध्य बनायो । क्रमिक सुधारका बाबजुद, पर्यटनमा आएको गिरावट र क्षेत्रीय तनावका कारण चुनौतिहरू अझै कायम छन् ।

सिरियाले आफ्नो इतिहास जोगाउनका लागि विश्व समुदायको साथ र शान्तिको अपेक्षा गरेको छ ।

 

#Syria #Heritage #Reconstruction #WarDamage #Culture #UNESCO #MiddleEast #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages