उपचारमा लापरवाहीको शृङ्खला: बुटवलका क्लिनिकहरूमा उपचार शृङ्खलापछि महिलाको मृत्यु, ३ जना पक्राउ

बुटवल। पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको बुटवलमा विभिन्न क्लिनिकमा गरिएको उपचार शृङ्खलापछि मृत्यु भएको घटनाले स्वास्थ्य सेवा लापरवाहीप्रति गम्भीर प्रश्न उठाएको छ।

करिब १२ हप्ताको गर्भसम्बन्धी समस्या लिएर बैशाख ५ गते श्रीमान्सहित बुटवल आएकी पाण्डेलाई सुरुवातमा खत्री नर्सिङ होम (इट्टाभट्टी) मा औषधिमार्फत उपचार गरिएको थियो।

त्यसपछि अवस्था सुधार नभएपछि उनलाई हस्पिटल लाइनस्थित अन्य क्लिनिकहरू—जोनल फार्मेसी र इन्दुलेखा क्लिनिक—मा लगिएको थियो, जहाँ पनि औषधिमार्फत गर्भपतन गराउने प्रयास भएको बताइएको छ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अन्ततः उनलाई लुम्बिनी सिटी अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनापछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

उपचारका क्रममा विभिन्न क्लिनिक र फार्मेसीमा गरिएको लापरवाहीले पाल्पा बगनासकाली–२ की गीता पाण्डेको मृत्यु भएको आरोप लागेको छ। अस्पताल पुर्‍याउँदा तत्कालै उनको मृत्यु भएको जनाइएको छ।

परिवारका अनुसार अनुभवी चिकित्सकको सल्लाहविना नै नर्सिङ होम, क्लिनिक तथा फार्मेसीहरूले औषधि चलाउँदै गर्भपतनको प्रयास गरेका थिए, जसले स्वास्थ्य अवस्था जटिल बनाएको बताइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार मृतकका श्रीमान्ले जाहेरी दर्ता गरेपछि प्रहरीले तत्कालै अनुसन्धान अघि बढाउँदै ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे रहेका छन्।

स्रोतका अनुसार बुटवल क्षेत्रमा दर्ता बिना तथा अनुमति विना गर्भपतन गराउने क्लिनिक र फार्मेसीहरूको संख्या उल्लेखनीय रहेको र कतिपयले स्वास्थ्य नियम उल्लंघन गर्दै सेवा दिँदै आएको पाइएको छ।

मृतकका जेठाजु सन्तोष पाण्डेले जोनल फार्मेसीमा लामो समयदेखि उपचार भइरहेको र चिकित्सकको सल्लाहमा गर्भपतन गर्ने निर्णय गरिएको बताएका छन्।

#बुटवल #पाल्पा #स्वास्थ्यलापरवाही #क्लिनिक #अनुसन्धान #समाचार #नेपाल #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages