


पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले संयुक्त राज्य अमेरिका र इरानबीचको सम्बन्ध सुधारका लागि युद्धविराम लम्ब्याउने र वार्ता तथा कुटनीतिलाई प्राथमिकता दिने विषयमा जोड दिनुभएको छ । देशका उपप्रधानमन्त्री समेत रहनुभएको दारले इस्लामावादस्थित अमेरिकी दुतावासका कार्यवाहक राजदूत नेटली ए बेकरसँगको भेटमा यस्तो टिप्पणी गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुवै पक्षले हालैका क्षेत्रीय घटनाक्रमबारे विस्तृत छलफल गरेका थिए ।
विदेशमन्त्री दारले क्षेत्रीय शान्ति र स्थिरताका लागि वार्ता र कुटनीति नै एक मात्र व्यवहारिक माध्यम रहेको पाकिस्तानको अडान दोहो¥याउनु भयो ।
उहाँले चुनौतीहरूको समाधान खोज्न संवादको आवश्यकता रहेको बताउनु भयो । भेटका क्रममा बेकरले क्षेत्रीय शान्ति प्रवद्र्धन र वार्तालाई सहज बनाउन पाकिस्तानले खेल्दै आएको रचनात्मक र सकारात्मक भुमिकाको प्रशंसा गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।



