


एकै दिनमा कम्तीमा६ हजार १ सय ४८ अफगान शरणार्थीहरू छिमेकी पाकिस्तानबाट अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको फिर्ता हुनेहरूको समस्या सम्बोधन गर्ने उच्च आयोगले सोमवार रिपोर्ट गरेअनुसार आईतवार ६ हजार १४८ शरणार्थीहरू स्वदेश फर्किएका हुन् ।

ती शरणार्थीहरू पूर्वी नान्गाहार प्रान्तको तोर्खाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डाक सीमा नाकाबाट स्वदेश भित्रिएको आयोगले जनाएको छ ।
आयोगकाअनुसार उनीहरूलाई आगमन बिन्दुमै आवश्यक सरकारी सहयोग उपलब्ध गराइएको थियो । सोही दिन ४७१ अफगान शरणार्थीहरू छिमेकी देश इरानबाट पनि फर्किएका थिए । रिपोर्टअनुसार सन् २०२५ मा मात्रै करिब २८ लाख अफगान शरणार्थीहरू स्वदेश फर्किसकेका छन् ।

विगत दशकौंदेखिको विस्थापनपछि अझै पनि ६० लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन्। दुवै आयोजक देशहरूले कागजात नभएका अफगानहरूलाई स्वदेश फर्कन आग्रह गरिरहेका छन् ।
#पाकिस्तान #अफगानिस्तान #शरणार्थी #स्वदेशफिर्ता #मानवताअधिकार #सीमा #अन्तर्राष्ट्रिय #प्रवासन #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



