


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधवार मध्यपूर्वमा जारी द्वन्द्वको समाधानका लागि टर्कीले शान्ति र कुटनीतिको पक्षमा दृढ समर्थन जनाएको बताउनुभएको छ ।

टर्कीको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अंकाराको भ्रमणमा रहनुभएका नेटोका महासचिव मार्क रुटसँगको भेटवार्ताका क्रममा राष्ट्रपति एर्दोगानले उक्त धारणा राख्नुभएको हो । भेटघाटका क्रममा दुवै पक्षबीच क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा विस्तृत छलफल भएको थियो ।


यसै क्रममा, एर्दोगानले रुस–युक्रेन द्वन्द्वको शान्तिपूर्ण अन्त्यका लागि टर्कीको निरन्तर प्रयास रहने प्रतिवद्धता समेत दोहो¥याउनु भयो । उहाँले दुई देशबीचको वार्तालाई पुनर्जीवित गर्न र राष्ट्रप्रमुख स्तरको संवादलाई सहज बनाउन टर्कीले सक्रिय भूमिका खेल्ने बताउनु भयो ।



