अफ्रिकाले विश्व व्यवस्थालाई पुनःसंरचना गर्न थप गतिशील भुमिका खेल्नुपर्छः सेनेगलका राष्ट्रपति

 

सेनेगलका राष्ट्रपति बसिरु डियोमे फेले अफ्रिकाले विश्वव्यापी व्यवस्थाको पुनःसंरचनामा थप गतिशील भुमिका खेल्नुपर्ने र आफ्नो सार्वभौमिकतालाई दृढतापूर्वक स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

राजधानी डाकार नजिकैको डियाम्नियाडियोमा १० औं डाकार अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा मञ्चको उद्घाटन गर्दै उनले सो धारणा राख्नुभएको हो ।

राष्ट्रपति फेकाअनुसार यस वर्षको मञ्चको मुख्य विषयवस्तुले अफ्रिकी देशहरूले महाद्वीपको अस्थिरताको चक्रलाई तोड्न संयुक्त रूपमा उपायहरू विकास गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।

#अफ्रिका #सेनेगल #विश्वव्यवस्था #पुनर्संरचना #राष्ट्रपति #अन्तर्राष्ट्रिय #राजनीति #विकास #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages