पाकिस्तानी प्रधानमन्त्री र इरानी राजदुतबीच भेटवार्ता

 

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र इरानी राजदुत रेजा अमिरी मोगदमबीच भेटवार्ता भएको छ । अमेरिका र इजरायलसँगको युद्धविरामलाई स्थायी बनाउन भेट गरिएको हो ।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयकाअनुसार उनीहरूबीच क्षेत्रीय परिस्थिति र शान्ति प्रयासका बारेमा छलफल भएको छ ।

अमेरिकासँग इरानको वार्ता चाँडै हुने पाकिस्तानले बताउँदै आएको छ । दुई देशबीचको वार्ताका लागि पाकिस्तानले मध्यस्थता गरिरहेको छ ।

 

#पाकिस्तान #इरान #प्रधानमन्त्री #राजदूत #भेटवार्ता #कूटनीति #अन्तर्राष्ट्रिय #समाचार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages