


अफ्रिकी नेताहरू र वित्तीय अधिकारीहरूले औद्योगीकरणलाई तिब्र बनाउन क्षेत्रीय एकीकरण, पूर्वाधार लगानी र आन्तरिक पूँजीमा बढी निर्भरता आवश्यक रहेको बताएका छन् । अफ्रिकी नेताहरू र वित्तीय विशेषज्ञहरूले औद्योगीकरणलाई तिब्र बनाउन क्षेत्रीय एकीकरण र पूर्वाधार लगानीमा जोड दिएका छन् ।

उनीहरूले विदेशी ऋणको सट्टा आन्तरिक पूँजीमा बढी निर्भर हुनुपर्ने कुरामा जोड दिएका छन् । केन्याका राष्ट्रपति विलियम रुटोले अफ्रिका वि बिल्ड समिट २०२६ लाई सम्बोधन गर्दै बलियो पूँजी बजारले सरकार र कम्पनीहरूलाई पूर्वाधार विकासका लागि स्थानीय कोष संकलन गर्न अनुमति दिने बताउनु भयो । उहाँले अफ्रिकालाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन स्रोत साधनहरू जुटाउन आग्रह गर्नुभयो ।


त्यसैगरी, युगाण्डाका राष्ट्रपति योवेरी मुसेवेनीले पनि राष्ट्रिय सीमाहरूले साझा बजार र वस्तु तथा पूँजीको स्वतन्त्र आवागमनमा अवरोध पु¥याउन नहुने बताउनु भयो । उहाँले औद्योगीकरणलाई मूल्य अभिवृद्धिमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।



