इरानी विदेशमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामावादमा

क्षेत्रीय घटनाक्रम र जारी शान्ति प्रयासका बारेमा छलफल गर्न इरानी विदेशमन्त्री सैय्यद अब्बास अराक्चीको नेतृत्वमा एउटा इरानी प्रतिनिधिमण्डल शुक्रवार राति पाकिस्तान पुगेको छ । पाकिस्तानी परराष्ट्र मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्ड्राबीले एक्समार्फत जानकारी दिएअनुसार अराक्चीले पाकिस्तानी नेतृत्वसँग भेटघाट गरी विकसित क्षेत्रीय अवस्था र शान्ति तथा स्थिरता प्रवद्र्धनका लागि भइरहेका प्रयासका बारेमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

इस्लामावाद आइपुग्दा इरानी विदेशमन्त्रीलाई पाकिस्तानी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इशाक दार र सेना प्रमुख फिल्ड मार्सल सैय्यद असिम मुनिर लगायतका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए । यसअघि अराक्चीले एक्समा एक पोस्ट गर्दै आफू इस्लामावाद, मस्कट र मस्को लगायतका शहरहरूको क्षेत्रीय भ्रमणमा निस्कन लागेको जानकारी दिएका थिए ।

 

Nepal life insuranceimagesimagesimages