अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का प्रमुखले भनेः इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी ‘बढ्दैछ र विश्वव्यापी हुँदैछ’

अमेरिकी रक्षामन्त्री पिट हेगसेटले इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी बढ्दै र विश्वव्यापी हुँदै गएको बताउनुभएको छ । यो आवश्यक नहुन्जेलसम्म जारी रहनेछ । पेन्टागनको एक ब्रिफिङमा बोल्दै हेगसेटले हर्मुज जलडमरूमध्यबाट संसारको कुनै पनि ठाउँमा अमेरिकी नौसेनाको अनुमति बिना कुनै पनि जहाज जान नसक्ने बताउनु भयो ।

यस हप्ता मात्र, अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रमा इरानी बन्दरगाह छोडेका दुई ‘डार्क फ्लीट’ जहाजहरू नियन्त्रणमा लिएको छ । शुक्रवार बिहानसम्म, अमेरिकी सेनाले इरानी बन्दरगाहमा जाने वा त्यहाँबाट आउने ३४ वटा जहाजहरूलाई फर्काइदिएको छ ।

अधिकारीहरूका अनुसार मध्य पूर्वमा तनाव जारी रहँदा अमेरिकाले ‘सामुन्द्रिक अवरोध’ सङ्ख्या बढाउने योजना बनाएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अघि बढेसम्म यस मुद्दामा हतार नगर्ने बताएका छन् ।

 

Nepal life insuranceimagesimagesimages