मध्यपूर्व द्वन्द्वको स्थायी अन्त्यका लागि युरोपेली सङ्घका नेताहरूको आह्वान

 

युरोपेली सङ्घ (ईयू) का नेताहरूले शुक्रवार मध्यपूर्व द्वन्द्वको स्थायी अन्त्यका लागि कुटनीतिक प्रयासको आह्वान गर्दै होर्मुज जलसन्धिमा पूर्ण र स्थायी जलयात्राको स्वतन्त्रताको माग गरेका छन् । साइप्रसमा ईयू नेताहरूको अनौपचारिक बैठक र मध्यपूर्वका साझेदारहरूसँगको छलफलपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेनले युद्धको स्थायी अन्त्यका लागि वार्ता गर्नु अबको साझा लक्ष्य रहेको बताउनु भयो । उहाँले होर्मुज जलसन्धिमा कुनै शुल्क बिना जलयात्राको स्वतन्त्रता पुनस्र्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले पनि युद्धको स्थायी समाधान खोज्न कूटनीतिक प्रयासहरू जारी राख्नुपर्ने आह्वानमा ऐक्यवद्धता जनाउनुभएको छ । अध्यक्ष भोन देर लेयेनले ईयूको नौसैनिक मिसन ‘एस्पाइड्स’ को दायरा समुन्द्री सुरक्षाबाट ‘परिष्कृत संयुक्त समुन्द्री समन्वय’ सम्म विस्तार गर्ने प्रश्ताव समेत गर्नुभएको छ ।

मध्यपूर्व संकटले विशेष गरी ऊर्जाको मूल्यमा पारेको आर्थिक प्रभावबारे ईयू नेताहरूले चेतावनी दिएका छन् । अध्यक्ष भोन देर लेयेनका अनुसार द्वन्द्व शुरु भएयता थप ऊर्जा आपूर्ति नभए पनि ईयूको आयातित खनिज इन्धनको बिल २५ अर्ब युरोभन्दा बढीले बढेको छ । यस समस्यालाई सम्बोधन गर्न र स्वदेशी स्वच्छ ऊर्जाको प्रयोगलाई तीव्रता दिन ईयूले आगामी ग्रीष्म ऋतुसम्ममा ‘विद्युतीकरण कार्य योजना’ प्रश्तुत गर्ने योजना बनाएको छ ।

 

Nepal life insuranceimagesimagesimages