घानाले कृत्रिम बुद्धिमत्ता विकासलाई तिब्रता दिने

 

घानाका राष्ट्रपति जोन ड्रमानी महामाले देशको राष्ट्रिय कृत्रिम बुद्धिमत्ता रणनीति सार्वजनिक गर्दै यस क्षेत्रको विकासलाई तिब्रता दिन २७ करोड अमेरिकी डलर विनियोजन गर्ने घोषणा गर्नुभएको छ । महामाले यो लगानी महत्त्वपूर्ण पूर्वाधारको विकास र रणनीतिका अन्य पक्षहरूको कार्यान्वयनमा खर्च गरिने बताउनु भयो ।

जसले घानालाई अफ्रिकाको प्रमुख डिजिटल नवाचार केन्द्रको रूपमा स्थापित गर्नेछ । उहाँले यस वर्ष वान मिलियन कोडर्स प्रोग्रामअन्तर्गत ३ लाख घानावासीहरूलाई तालिम दिइने बताउनु भयो ।

जसमार्फत देशभर डिजिटल र कृत्रिम बुद्धिमत्ता सीपहरू निर्माण गर्ने प्रयास गरिनेछ। यो कार्यक्रम युवा घानावासीहरूलाई ठूलो स्तरमा व्यावहारिक डिजिटल र सीपहरू प्रदान गर्न र साथै नवाचार र उद्यमशीलतालाई प्रवद्र्धन गर्न डिजाइन गरिएको हो ।

युनेस्कोका देश प्रतिनिधि एडमन्ड मुकालाले घाना सरकारको यस पहलको प्रशंसा गर्नुभयो ।

#Ghana #AI #Tech #Innovation #Development #Digital #Africa #News #Future #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages

 

अन्य समाचारहरु