तेल कम्पनीहरुले २०२६ मा प्रत्येक सेकेन्ड करिब ३ हजार डलर कमाउदै !

 

काठमाडौँ । विश्वका छ प्रमुख ठूला इन्धन कम्पनीहरूले सन् २०२६ मा प्रत्येक सेकेन्ड करिब २९६७ अमेरिकी डलर नाफा कमाउने अनुमान गरिएको छ । यो तथ्य अक्सफामले सार्वजनिक गरेको नयाँ अध्ययनमा उल्लेख गरिएको हो ।

अक्सफामका अनुसार शेभरोन, शेल, बीपी, कोनोकोफिलिप्स, एक्सनमोबिल र टोटलएनर्जीज जस्ता कम्पनीहरूको २०२६ को कुल नाफा करिब ९४ अर्ब डलर पुग्न सक्छ । यो रकमले अफ्रिकामा करिब ५ करोड मानिसको घरायसी ऊर्जा आवश्यकताका लागि सौर्य ऊर्जा उपलब्ध गराउन पर्याप्त हुने बताइएको छ ।

अध्ययनले यी कम्पनीहरूको नाफा सन् २०२५ को तुलनामा दैनिक करिब ३ करोड ७० लाख डलरले बढी हुनेछ ।

ऊर्जा संकट र बढ्दो तनावबीच गरिएको अर्को सर्वेक्षणमा धेरै देशका नागरिकहरूले जीवाश्म इन्धन उत्खनन बढाउनु भन्दा नवीकरणीय ऊर्जामा सरकारको लगानी बढाउनुपर्ने पक्षमा तीन गुणा बढी समर्थन जनाएका छन् । करिब ६८ प्रतिशत नागरिकले ठूला तेल तथा ग्यास कम्पनीको नाफामा कर लगाएर स्वच्छ ऊर्जामा लगानी गर्नुपर्ने बताएका छन् ।

यसैबीच, विश्वभर ऊर्जा अभाव र राजनीतिक अस्थिरताका कारण सामान्य नागरिकको जीवनयापन झन् कठिन हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । अर्कोतर्फ धनी वर्गको सम्पत्ति तीव्र रूपमा बढ्दै जाँदा आम मानिस आर्थिक दबाबमा परिरहेका छन्।

images

अक्सफामले जीवाश्म इन्धनबाट हुने ठूलो नाफा मुख्यतया विश्वका धनी एक प्रतिशतको हातमा पुगिरहेको छ, जसले जलवायु संकटलाई अझ गहिरो बनाइरहेको दाबि गरिएको छ ।

अक्सफामकी जलवायु नीति प्रमुख मारियाना पाओलीले धनी प्रदूषकहरूलाई कर लगाएर मात्र न्यायपूर्ण ऊर्जा संक्रमण सम्भव हुने बताएकी छन् । उनका अनुसार आगामी सम्मेलनमा सरकारहरूले यही दिशामा ठोस कदम चाल्नुपर्नेछ ।

images

यसैबीच केही ठूला तेल कम्पनीहरूले नवीकरणीय ऊर्जामा लगानी घटाइरहेको पनि रिपोर्टमा उल्लेख छ । अक्सफामले आगामी सम्मेलनमा सरकारहरूलाई जलवायु वित्त बढाउन, धनी तथा प्रदूषक कम्पनीमाथि कर लगाउन, ऋण राहत तथा न्यायपूर्ण ऊर्जा संक्रमणको स्पष्ट मार्गचित्र बनाउन आग्रह गरेको छ ।

 

images

Nepal life insuranceimagesimagesimages