उच्च ऊर्जा मूल्यका बीच अमेरिकी फेडरल रिजर्भद्वारा ब्याजदर यथावत

 

विश्व बजारमा ऊर्जाको मूल्यमा भएको वृद्धिका कारण मुद्रास्फीतिमा चाप परेको उल्लेख गर्दै अमेरिकी केन्द्रिय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदरलाई यथावत राख्ने निर्णय गरेको छ । बुधवार सम्पन्न फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) को बैठकले संघीय कोषको ब्याजदर (फेडरल फण्ड्स रेट) ३.५ देखि ३.७५ प्रतिशतकै सीमामा कायम राख्ने निर्णय गरेको हो ।

Nepal life insurance

बैठकपछि जारी विज्ञप्तिमा हालैका आर्थिक सूचकहरूले अमेरिकी आर्थिक गतिविधि सन्तोषजनक गतिमा विस्तार भइरहेको देखाएका छन् । यद्यपि रोजगारी वृद्धिदर औषत रूपमा न्यून रहेको र बेरोजगारी दरमा खासै परिवर्तन नआएको बैंकले जनाएको छ ।

विश्वव्यापी रूपमा ऊर्जाको मूल्यमा भएको वृद्धिका कारण मुद्रास्फीति अझै पनि उच्च तहमा रहेको बैंकको ठहर छ । फेडरल रिजर्भले मध्यपूर्वमा जारी तनावका कारण विश्व आर्थिक परिदृश्यमा अनिश्चितता थपिएको उल्लेख गर्दै यसले उत्पन्न गर्नसक्ने जोखिमप्रति आफू सजग रहेको बताएको छ । कमिटीले आगामी दिनमा ब्याजदर समायोजनको आवश्यकता र समय निर्धारण गर्दा प्राप्त हुने तथ्यांक, बदलिँदो आर्थिक परिदृश्य र जोखिमको सन्तुलनलाई ध्यानपूर्वक मूल्याङ्कन गर्ने स्पष्ट पारेको छ । केन्द्रीय बैंकले मुद्रास्फीतिलाई आफ्नो २ प्रतिशतको लक्ष्यमा फर्काउने र अधिकतम रोजगारी सुनिश्चित गर्ने प्रतिवद्धतालाई पुनः दोहो¥याएको छ ।

ब्याजदर यथावत राख्ने निर्णयको पक्षमा कमिटीका १२ सदस्यमध्ये ११ जनाले मतदान गरेका थिए । कमिटीका सदस्य स्टेफन मिरानले भने ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले घटाउनुपर्ने धारणा राख्दै उक्त निर्णयको विपक्षमा मतदान गरेका थिए । अन्य तीन सदस्यले ब्याजदर यथावत राख्ने निर्णयलाई समर्थन गरे तापनि सोही विज्ञप्तिमा ‘ब्याजदर घटाउन सक्ने संकेत’ समावेश गर्ने विषयमा भने असहमति जनाएका थिए ।

 

Nepal life insuranceimagesimagesimages