थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनवात्रा मे ११ मा प्यारोलमा रिहा हुने

 

थाइल्याण्डको न्याय मन्त्रालय अन्तर्गतको प्यारोल समितिले पूर्वप्रधानमन्त्री थाक्सिन सिनवात्रालाई आगामी मे ११ मा प्यारोल (शर्तसहितको रिहाइ) मा मुक्त गर्ने निर्णय गरेको छ । थाई सञ्चारमाध्यमहरूकाअनुसार बुधवार बसेको समितिको बैठकले देशभरका कैदीहरूको प्यारोल मापदण्ड पुनरावलोकन गर्ने क्रममा सिनवात्राको हकमा पनि उक्त निर्णय लिएको हो ।

बैठकको निर्णयअनुसार सिनवात्रा मे ११ मा रिहा हुनेछन् । तर यसका लागि उनले आफ्नो बाँकी सजायको अवधिभर अनिवार्य रूपमा ‘इलेक्ट्रोनिक मनिटरिङ डिभाइस’ (विद्युतीय निगरानी उपकरण) लगाउनुपर्ने शर्त राखिएको छ । रिहा भएपछि उनी थप चार महिनासम्म प्यारोल सुपरीवेक्षणमा रहनेछन् ।

थाइल्यान्डको सुधार विभागको मापदण्ड अनुसार, ७० वर्षभन्दा माथिको उमेर भएका, दीर्घकालीन रोग वा अपाङ्गता भएका, असल चालचलन भएका र कम्तीमा दुई–तिहाइ सजाय भुक्तान गरिसकेका कैदीहरू प्यारोलका लागि योग्य मानिन्छन् । हाल ७६ वर्ष पुगेका सिनवात्रालाई उनको उमेर र स्वास्थ्य अवस्थाका आधारमा यो सुविधा प्रदान गरिएको हो ।

सन् २००१ देखि २००६ सम्म थाइल्यान्डको प्रधानमन्त्री रहेका सिनवात्रालाई सन् २००६ मा भएको सैन्य ‘कु’ मार्फत पदच्युत गरिएको थियो। त्यसपछि सन् २००८ अगस्टमा उनी देश छोडेर निर्वासनमा गएका थिए ।
लामो निर्वासनपछि सन् २०२३ अगस्टमा स्वदेश फर्किएका सिनवात्रालाई तत्कालै हिरासतमा लिएर आठ वर्षको जेल सजाय सुनाइएको थियो। तर, जेल परेको पहिलो दिनमै स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै उनलाई बैंकक कारागारबाट प्रहरी अस्पतालमा सारिएको थियो ।

त्यसपछि उनले शाही क्षमायाचनाका लागि दिएको निवेदनका आधारमा उनको सजाय घटाएर एक वर्ष कायम गरिएको थियो। गत फेब्रुअरीमा ७० वर्ष नाघेको, गम्भीर बिरामी रहेको र ६ महिना जेल सजाय काटिसकेको आधारमा उनलाई प्यारोलको अनुमति दिइएको थियो ।

images

यद्यपि, गत सेप्टेम्बर ९ मा थाइल्याण्डको सर्वोच्च अदालतले सिनवात्रालाई अस्पतालमा राखिनु गैरकानूनी भएको भन्दै उनलाई जेल फर्काएर बाँकी सजाय पूरा गराउनुपर्ने फैसला सुनाएको थियो ।

images

 

 

images

Nepal life insuranceimagesimagesimages