अर्घाखाँचीमा अब घरमै राहदानी सेवा, हुलाकमार्फत वितरण सुरु, राहदानी अब घरदैलोमै पुग्ने

-अनिल नेपाली , अर्घाखाँची डट्कम ।

अर्घाखाँची — जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा तयार भएर आएका राहदानी लिन अब सेवाग्राहीले कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ। कार्यालयले हुलाक सेवा विभागसँग सहकार्य गर्दै नागरिकको घरदैलोमै राहदानी उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ।

Nepal life insurance

संघीय सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत रहेको कार्यक्रमअनुसार राहदानी वितरणलाई सहज र नागरिकमैत्री बनाउन यो सेवा लागू गरिएको हो। यसैअनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच सम्झौता सम्पन्न भई आजदेखि सेवा कार्यान्वयनमा आएको प्रमुख जिल्ला अधिकारी टोयनारायण सुवेदीले जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्लाका छ वटै स्थानीय तहमा रहेका हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरघरमै राहदानी पुर्‍याइनेछ। राहदानीका लागि आवेदन दिन आएका सेवाग्राहीलाई अब कार्यालयबाटै “घरमै बुझ्ने वा कार्यालयमै आएर लिने” विकल्पसहितको फारम भराइने व्यवस्था गरिएको छ।

घरमै राहदानी बुझ्न चाहने सेवाग्राहीले रु. ५५ सेवा शुल्क तिर्नुपर्नेछ। खाममा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट रूपमा उल्लेख गरेपछि राहदानी सम्बन्धित व्यक्तिको घरमै पुर्‍याइने व्यवस्था गरिएको प्रजिअ सुवेदीले बताउनुभयो।

त्यस्तै, राहदानी बनेर कार्यालयमा आइसकेका तर लिन नआएका सेवाग्राहीहरूको हकमा पनि हुलाक कार्यालयले सम्पर्क गरी घरमै बुझ्ने वा कार्यालयमै आएर लिने विकल्प दिने जनाएको छ।

images

राहदानी शाखा प्रमुख पोमनारायण कुँवरका अनुसार अर्घाखाँचीमा प्रत्येक महिना करिब ५ सय राहदानी विभागबाट आउने गरेका छन्। नयाँ व्यवस्थासँगै सेवाग्राहीले लामो दूरी यात्रा गर्नुपर्ने, लाइनमा बस्नुपर्ने तथा समय खर्च गर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ।

यो सेवा लागू भएसँगै सरकारी सेवा प्रवाहमा सहजता, पारदर्शिता र नागरिकमैत्री व्यवस्थापन थप सुदृढ हुने विश्वास गरिएको छ।

images

अर्घाखाँचीमा अब राहदानी लिन कार्यालय धाउनुपर्ने छैन! हुलाक सेवामार्फत घरदैलोमै राहदानी उपलब्ध गराउने सेवा सुरु गरिएको छ।


#Arghakhanchi #Passport #Postal #Service #Nepal #Govt #Delivery #Public #Update #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

images

Nepal life insuranceimagesimagesimages