“१८ ग्यास सिलिण्डर” विवाद – शितगंगा नगरपालिकाको स्पष्टिकरण: नगर भन्छ “भ्रामक प्रचार गरियो “

 

अर्घाखाँची । शितगंगा नगरपालिकाले सामाजिक सञ्जालमा नगर उपप्रमुख गीता भाट तथा नगरपालिकालाई लक्षित गर्दै फैलाइएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आर.एन. इन्टरटेन्मेन्ट नामक फेसबुक पेजमार्फत “एकै व्यक्तिले १८ वटा ग्यास सिलिण्डर प्रयोग गरी दुरुपयोग गरेको” भन्ने आशयका सामग्री सार्वजनिक भएपछि नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा फैलाइएको सूचना भ्रामक, एकपक्षीय र तथ्यहीन रहेको उल्लेख गरिएको छ।

images

नगरपालिकाका अनुसार सार्वजनिक गरिएका १८ वटा ग्यास सिलिण्डर कुनै एक व्यक्तिले प्रयोग गरेको नभई विभिन्न प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी आवश्यकताका आधारमा विभिन्न स्थानमा वितरण गरिएको हो।

images

शितगंगा नगरपालिका Arghakhanchi Bulletin

images

विज्ञप्तिमा शितगंगा नगरपालिका सधैं सुशासन, पारदर्शिता र जिम्मेवार सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा तथ्यविहीन प्रचार गरेर जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास भएको दाबी गरिएको छ।

नगरपालिकाले कार्यपालिकाको निर्णयअनुसार नै विभिन्न वडा कार्यालय, स्वास्थ्य चौकी तथा प्रशासनिक प्रयोजनका लागि आवश्यक स्थानहरूमा भवन भाडामा लिएर सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

Nepal life insurance

त्यसै क्रममा प्रमुख प्रशासकीय भवन नजिक पर्ने टोपलाल पाण्डेको घरमा पनि कार्यालय प्रयोजनका लागि ६ वटा कोठा भाडामा लिइएको स्पष्ट पारिएको छ।

नगरपालिकाले यस्ता विषयमा आधिकारिक तथ्य नबुझी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह नगर्न आग्रह गर्दै प्रेस स्वतन्त्रताको नाममा भ्रम फैलाउने कार्यले सार्वजनिक संस्थामाथिको विश्वास कमजोर बनाउने जनाएको छ।

यसअघि सामाजिक सञ्जालमा “१८ वटा ग्यास सिलिण्डर र ६ वटा कोठा” सम्बन्धी विषयलाई लिएर व्यापक चर्चा भएपछि नगरपालिकाले औपचारिक रूपमा स्पष्टीकरण दिएको हो।


May be an image of ticket stub, blueprint and text

May be an image of blueprint and text

 

#Shitganga #Arghakhanchi #GasCylinderIssue #RNEntertainment #LocalGovernment #PressRelease #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimagesimages