म्यानमारमा खेलकुद पर्यटन प्रवर्द्धनका लागि पहिलो ‘याङ्गुन हेरिटेज नाइट रन’ सम्पन्न

 

म्यानमारमा खेलकुद पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो ‘याङ्गुन हेरिटेज नाइट रन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ ।

यस कार्यक्रमका आयोजक आङ थिहाकाअनुसार म्यानमारमा अन्तर्राष्ट्रिय स्तरको ‘नाइट रन’ (रात्रिकालीन दौड) को अभ्यास शुरु गर्न, जनस्वास्थ्यमा सुधार ल्याउन र याङ्गुनका ऐतिहासिक भवन तथा सम्पदाहरूबारे जागरूकता फैलाउन यो दौड आयोजना गरिएको हो । प्रतियोगितामा ५ किलोमिटर र १५ किलोमिटर गरी दुई वटा विधा निर्धारण गरिएको थियो ।

images

आयोजककाअनुसार यस ऐतिहासिक दौडमा १०० जनाभन्दा बढी विदेशी नागरिकसहित ४ हजार भन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

५ किलोमिटर दौडतर्फ प्रथम स्थान हासिल गरेका ४९ वर्षीय धावक क्याव मिन थिनले ठूलो संख्यामा सहभागीहरूसँगै दौडन पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले रात्रिकालीन दौडले सहरको सुन्दरता र ऐतिहासिक सम्पदाहरूलाई नजिकबाट नियाल्ने अवसर प्रदान गरेको बताउँदै स्वास्थ्यका लागि दौड निकै फाइदाजनक रहेको उल्लेख गर्नुभयो ।

म्यानमारले यस प्रकारको कार्यक्रममार्फत विश्वव्यापी खेलकुद पर्यटनको क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य राखेको छ ।

 

Nepal life insuranceimagesimagesimages