इरानी विमानबारेको रिपोर्ट भ्रामक भएको पाकिस्तानको स्पष्टोक्ति

 

पाकिस्तानले नूर खान एयरबेसमा सैन्य प्रयोजनका लागि इरानी विमानहरू रहेको भन्ने सञ्चार माध्यमको रिपोर्टलाई भ्रामक भन्दै मंगलवार अस्वीकार गरेको छ । पाकिस्तानी परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानी र अमेरिकी विमानहरू युद्धविराम पश्चात र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीहरू ओसारपसार गर्न पाकिस्तान आएको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार आगामी दिनमा हुन सक्ने थप संलग्नता र छलफललाई मध्यनजर गर्दै केही विमान र सहयोगी कर्मचारीहरू अस्थायी रूपमा पाकिस्तानमा रहेका हुन् । परराष्ट्र मन्त्रालयले औपचारिक वार्तामा केही समय अवरोध आए तापनि विद्यमान व्यवस्था अन्तर्गत इरानी विदेशमन्त्रीको भ्रमण लगायतका कुटनीतिक संवादहरू निरन्तर जारी रहेको जनाएको छ ।

पाकिस्तानले उक्त विमानहरू कुनै सैन्य आकस्मिकता वा सैन्य व्यवस्थासँग सम्बन्धित रहेको भन्ने दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । यस्ता दाबीहरू तथ्यहीन र काल्पनिक भएको पाकिस्तानको भनाइ छ ।
साथै, पाकिस्तानले संवाद, तनाव न्युनिकरण तथा क्षेत्रीय शान्ति र स्थिरताका लागि आफू सधैं प्रतिबद्ध रहेको समेत पुनः दोहो¥याएको छ ।

 

Nepal life insuranceimagesimagesimages