५० वर्ष पुरानो जिल्ला अस्पताल अब नयाँ स्वरूपमा, सांसद हरिप्रसाद भुसालले भने– “अब सपना होइन, काम सुरु हुँदैछ”

 

“अब अर्घाखाँचीका बिरामीले सामान्य उपचारका लागि पनि बुटवल र काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुन्छ” , ५० वर्ष पुरानो जिल्ला अस्पतालको ठाउँमा आधुनिक सुविधासम्पन्न भवन बन्ने, सांसद हरिप्रसाद भुसालको प्रतिबद्धता

अर्घाखाँची डटकम ।

अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालको बहुप्रतिक्षित नयाँ भवन निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने भएको छ । जिल्लाको स्वास्थ्य क्षेत्रमा ठूलो आशा र अपेक्षाका रूपमा हेरिएको अस्पताल स्तरोन्नति अभियानले अब वास्तविक रूप लिन थालेपछि स्थानीयवासीमा उत्साह थपिएको छ ।

अर्घाखाँचीका संघीय सांसद हरिप्रसाद भुसाल ले सामाजिक सञ्जालमार्फत जिल्ला अस्पतालको नयाँ भवन निर्माण प्रक्रिया सुरु हुन लागेको जानकारी दिँदै अर्घाखाँचीवासीका लागि यो “सानो खुसी” भएपनि भविष्यका लागि ठूलो उपलब्धि हुने बताएका छन् ।

images

images

वि.सं. २०३४ सालमा तत्कालीन जिल्ला पञ्चायतको पहलमा कच्ची गारो र टिनको छानाबाट निर्माण गरिएको अस्पताल भवन अहिले अत्यन्त पुरानो, जीर्ण र सेवाग्राहीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । लामो समयदेखि नयाँ भवन निर्माणको चर्चा हुँदै आएपनि अब भने प्रक्रिया व्यवहारिक रूपमा अगाडि बढ्न थालेको हो ।

images

सांसद भुसालले आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्–

Nepal life insurance

“फेसबुकमा धेरै पटक अस्पताल भवन बनिसकेको थियो, तर अब फेसबुकमा मात्र होइन, साँच्चै निर्माण प्रक्रिया सुरु हुँदैछ । केही दिनमै ठेक्का खुल्नेछ, केही महिनामै निर्माण सुरु हुनेछ र केही वर्षभित्र सुविधासम्पन्न भवन तयार हुनेछ ।”

उनले अस्पताल भवन निर्माणसँगै आवश्यक जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरण विस्तार र विशेषज्ञ सेवा थप गर्ने काम पनि क्रमिक रूपमा अघि बढाइने बताएका छन् ।

“जिल्ला अस्पताललाई सुविधासम्पन्न, सर्वसुलभ र विश्वासिलो बनाउनु हाम्रो दायित्व हो,”
सांसद भुसालले उल्लेख गरेका छन् ।

अर्घाखाँचीका बिरामीहरू अहिले सामान्य उपचार, जाँच तथा आकस्मिक सेवाकै लागि समेत बुटवल, भैरहवा, काठमाडौंलगायतका शहर धाउन बाध्य छन् । समयमै उपचार नपाउँदा आर्थिक भार बढ्नुका साथै धेरै बिरामीले सास्ती भोग्दै आएका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न नयाँ अस्पताल भवन निर्माणलाई प्राथमिकतामा राखिएको जनाइएको छ । स्थानीयवासीले पनि जिल्लाको स्वास्थ्य सेवामा अब नयाँ परिवर्तन सुरु हुने अपेक्षा व्यक्त गरेका छन् ।

स्वास्थ्य सेवा सुधार, आधुनिक उपकरण, विशेषज्ञ चिकित्सक व्यवस्थापन र पूर्वाधार विकाससँगै अर्घाखाँची जिल्ला अस्पताललाई भविष्यमा जिल्लाकै भरोसायोग्य स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

स्थानीयका अनुसार यदि निर्माण कार्य समयमै अगाडि बढेमा अर्घाखाँचीवासीले सामान्य उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुनेछ ।

सांसद भुसालले आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्–

 

Nepal life insuranceimagesimagesimages