एस्टोनियाद्वारा रुससँगको सीमा नाका राति बन्द गर्ने निर्णय थप तीन महिना विस्तार

 

एस्टोनिया सरकारले रुससँगको दक्षिण–पूर्वी सीमा क्षेत्रमा रहेका दुईवटा सडक नाकाहरू राति बन्द गर्ने निर्णयलाई थप तीन महिनाका लागि लम्ब्याएको छ । यसका साथै नार्भा–१ पैदल यात्री सीमा नाकाको सञ्चालन समयमा समेत कटौती गरिएको छ ।

बिहीवार भएको मन्त्रिपरिषद्को निर्णयअनुसार कोइदुला र लुहामा सडक सीमा नाकाहरू आगामी अगस्ट ३१ सम्म बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन हुनेछन् । सरकारले यसअघि फेब्रुअरीमा लागू गरेको अस्थायी नियमलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

Nepal life insurance

यसैगरी रुसी शहर सेन्ट पिटर्सबर्ग नजिकै अवस्थित नार्भा–१ पैदल यात्री सीमा नाकाको सञ्चालन अवधि पनि जुन १५ देखि घटाइने भएको छ । हाल बिहान ७ देखि राति ११ बजेसम्म खुला रहने यो नाका अब बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र सञ्चालन हुनेछ ।

गृहमन्त्री इगोर तारोले पत्रकार सम्मेलनमा बोल्दै तीन महिनाअघि लागू गरिएका सीमा नियन्त्रणका उपायहरू प्रभावकारी र उपयुक्त देखिएकाले यसलाई कायम राख्न आवश्यक रहेको बताउनु भयो । उपलब्ध तथ्याङ्कअनुसार फेब्रुअरीदेखि लुहामा नाकाबाट हुने आवतजावतमा २० प्रतिशतले गिरावट आएको छ भने कोइदुला नाकामा ६ प्रतिशतले वृद्धि भएको छ ।

नार्भा–१ नाका हाल सेन्ट पिटर्सबर्ग नजिकैको एक मात्र प्रमुख पैदल यात्री मार्ग हो । सन् २०२३ नोभेम्बरमा फिनल्याण्डले रुससँगको आफ्नो सीमा नाकाहरू बन्द गरेपछि फिनल्याण्ड लगायत अन्य युरोपेली देशका बासिन्दाहरूले यो नाकालाई प्रमुख विकल्पका रूपमा प्रयोग गर्दै आएका छन् ।

 

Nepal life insuranceimagesimagesimages