‘एक चीन’ नीतिप्रति पाकिस्तानको पुनः प्रतिवद्धता, ताइवानलाई चीनको अभिन्न अङ्ग भएको ठहर

 

पाकिस्तान सरकारले ‘एक चीन’ नीतिप्रति आफ्नो दृढ प्रतिवद्धता पुनः दोहो¥याएको छ । साप्ताहिक मिडिया ब्रिफिङका क्रममा पाकिस्तानले ताइवानलाई चीनको ‘अविभाज्य र अभिन्न’ अङ्गको रूपमा वर्णन गर्दै यस मामिलामा बेइजिङको अडानलाई पूर्ण समर्थन गर्ने स्पष्ट पारेको हो ।

इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर एन्द्राबीले ताइवानका सम्बन्धमा पाकिस्तानको नीति सुसंगत र अटल रहेको बताउनु भयो । उहाँले विश्व स्वास्थ्य सभामा ताइवानको सहभागिताका विषयमा पनि चीनको धारणालाई पाकिस्तानको साथ रहने जानकारी दिनुभयो । पाकिस्तान र चीनबीच विश्व स्वास्थ्य सभामा घनिष्ठ सहकार्य रहेको उल्लेख गर्दै प्रवक्ताले अन्तर्राष्ट्रिय मञ्चहरूमा ताइवान मामिलामा चीनले चाल्ने कदम र प्रयासहरूलाई पाकिस्तानले दृढतापूर्वक समर्थन गर्ने बताउनु भयो ।

यसैबीच, बेइजिङमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले संयुक्त राष्ट्र संघको महासभा र विश्व स्वास्थ्य सभाका सम्बन्धित प्रश्तावहरूको मर्यादा र अधिकारलाई कायम राख्न यस वर्षको सभामा ताइवानको सहभागितालाई अनुमति नदिने निर्णय भएको जानकारी दिनुभएको छ । विश्व स्वास्थ्य सभाको बैठक आगामी मे १८ देखि शुरु हुँदैछ ।

 

Nepal life insuranceimagesimagesimages