रुपन्देहीमा इभि सवारीसाधान बढे

 

रुपन्देही, २ जेठ । विद्युतीय सवारी (इभि) प्रयोग बढ्दै जाँदा रुपन्देहीका चार्जिङ स्टेसनमा दैनिक चहलपहल बढ्न थालेको छ।

भैरहवास्थित चार्जिङ स्टेसनहरूमा बिहानैदेखि गाडीहरू चार्जका लागि पालो कुर्दै देखिन थालेका छन्, जसले बढ्दो माग र पूर्वाधार विस्तारको आवश्यकता औंल्याएको छ।

चार्ज गरिरहेका सेवाग्राही नविन खड्का ले इभि प्रयोग खर्चका हिसाबले किफायती भएको बताए। “पेट्रोलभन्दा धेरै सस्तो पर्छ, तर कहिलेकाही पालो कुर्नुपर्छ,” उनले भने, “चार्जिङ स्टेसन थपिए अझ सहज हुन्थ्यो।”

स्टेसन सञ्चालक भुपेन्द्र कार्की का अनुसार दैनिक ३०–३५ वटा इभि सवारीले सेवा लिइरहेका छन्।

Nepal life insurance

“विद्युतीय सवारी प्रयोगकर्ता बढिरहेका छन्। चार्जिङको माग पनि त्यही अनुसार बढेको छ,” उनले भने, “तर स्थिर बिजुली आपूर्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण छ।”

images

उनका अनुसार एउटा सवारी पूर्ण चार्ज हुन ३० मिनेटदेखि एक घण्टासम्म लाग्छ। बढ्दो चापलाई ध्यानमा राख्दै सेवा विस्तारको तयारी भइरहेको उनले जानकारी दिए।

यसैबीच नेपाल विद्युत वितरण केन्द्र भैरहवाका प्रमुख सहायक प्रबन्धक सुरज रेग्मी भैरहवामा हाल १३ वटा चार्जिङ स्टेसन सञ्चालनमा रहेको बताउँछन्। इभि प्रयोग तीव्र रूपमा बढिरहेकाले थप पूर्वाधार आवश्यक भएको उनले उल्लेख गरे।

images

उनका अनुसार भैरहवा शहरी केन्द्र भएकाले यहाँ इभि प्रयोगकर्ता बढ्दै गएका छन्, जसले विद्युत खपत पनि सकारात्मक रूपमा बढाएको छ। “जिरोबाट सुरु भएको अवस्था अहिले उल्लेखनीय चरणमा पुगेको छ,” उनले भने, “चार्जिङ पूर्वाधार विस्तार दीर्घकालीन ऊर्जा व्यवस्थापनका लागि महत्वपूर्ण हुन्छ।”

images

सरकारी प्रोत्साहन र निजी लगानीले इभि बजार विस्तार गरिरहेको भए पनि पर्याप्त चार्जिङ नेटवर्क नहुँदा प्रयोगकर्ताले असुविधा भोग्नुपरेको सरोकारवालाको भनाइ छ। इभि सवारीप्रतिको आकर्षण बढिरहँदा भरपर्दो र पहुँचयोग्य चार्जिङ सेवा विस्तार गर्नु दीर्घकालीन ऊर्जा व्यवस्थापन र दिगो यातायातका लागि अपरिहार्य बन्दै गएको देखिन्छ।

 

Nepal life insuranceimagesimagesimages