मौसम: पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना, लुम्बिनी, तराईमा बढ्ने गर्मी

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभावले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा केही स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने मधेशसहित केही तराई क्षेत्रमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिनको सम्भावना रहेको विभागले जनाएको छ । रातिको समयमा पनि कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

#आजकोमौसम #मौसमअपडेट #वर्षा #चट्याङ #लुम्बिनी #कोशीप्रदेश #नेपालमौसम #जलतथामौसमविज्ञानविभाग #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

 

Nepal life insuranceimagesimagesimages