राष्ट्रिय स्वतन्त्र पार्टी भूमिकास्थान–९ ढिकुराको उपसभापतिमा युवा नेता दिपक पाण्डे निर्वाचित

 

📸 : अनिल नेपाली , अर्घाखाँची डटकम ।

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची अन्तर्गत भूमिकास्थान नगरपालिका–९ ढिकुराको उपसभापतिमा युवा नेता दिपक पाण्डे निर्वाचित हुनुभएको छ । लामो समयदेखि स्वदेश तथा विदेशमा रहेर समेत सामाजिक तथा जनहितका गतिविधिमा सक्रिय रहँदै आउनुभएका पाण्डे उपसभापतिको जिम्मेवारीमा चयन हुनुभएको हो ।

२०५२ सालमा भूमिकास्थान नगरपालिका–९ ढिकुराको भुजेलपानीमा जन्मनुभएका ३० वर्षीय पाण्डे सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको स्थानीयहरू बताउँछन् । “हुने बिरुवाको चिल्लो पात” भनेझैं युवावस्थादेखि नै समाजसेवा, जनसहभागिता र विकास निर्माणका विषयमा रुचि राख्दै आएका पाण्डेले स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले जनताले दिएको जुनसुकै जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दै वडाको विकास निर्माण तथा जनचासोका कामलाई तीव्र गतिमा अगाडि बढाउने लक्ष्य रहेको बताउनुभएको छ । सामाजिक कार्यमा सक्रियता, युवामाझ लोकप्रियता तथा विकासप्रतिको सकारात्मक सोचका कारण पाण्डेलाई आशलाग्दो युवा नेतृत्वका रूपमा हेरिएको छ ।

#राष्ट्रियस्वतन्त्रपार्टी #दिपकपाण्डे #भूमिकास्थान #ढिकुरा #अर्घाखाँची #युवानेतृत्व #राजनीति #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages