सन्धिखर्कको रेम्बो मन्टेस्वरीमाथि चर्को शुल्क असुलीको आरोप, अभिभावक भन्छन्— “फ्री भर्नाको नाममा ठगी”

 

सन्धिखर्कको रेम्बो मन्टेस्वरीमाथि चर्को शुल्क असुलीको आरोप, अभिभावक भन्छन्— “फ्री भर्नाको नाममा ठगी”

अर्घाखाँची — जिल्लाको सन्धिखर्कस्थित रेम्बो मन्टेस्वरी स्कुल माथि स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गरेको आरोप लागेको छ। “पहिला भर्ना गरिहाल्नुस, शुल्क लाग्दैन” भन्दै अभिभावकलाई आकर्षित गरिएको भए पनि भर्ना भएको एक महिनामै विभिन्न शीर्षकमा अतिरिक्त रकम माग गरिएको भन्दै गुनासो सार्वजनिक भएको हो।

अभिभावकका अनुसार कक्षा १ मा भर्खरै भर्ना गरिएको विद्यार्थीको मासिक शुल्क २००० रुपैयाँ लिइएको छ। त्यसबाहेक विद्यार्थीले ननाचेको अवस्थामा पनि “डान्स फी” शीर्षकमा अतिरिक्त १०० रुपैयाँ जोडिएको बिल आएको बताइएको छ। अझ गम्भीर विषय त “Previous Due” भन्दै ६००० रुपैयाँ थपिएको बिल आएको हो।

images

अभिभावकको प्रश्न छ — “बच्चा भर्खरै भर्ना भएको हो भने यो ६००० रुपैयाँ कुन शीर्षकको बाँकी रकम हो ? यसको स्पष्ट विवरण किन दिइएन ?”

images

images

स्थानीय अभिभावकहरूले विद्यालय प्रशासनले स्पष्ट जानकारी नदिई विभिन्न शीर्षकमा शुल्क थप्दै गएको आरोप लगाएका छन्। “यदि भर्ना शुल्क नै लिनु थियो भने स्पष्ट रूपमा लिनुपर्थ्यो, तर फ्री भर्नाको प्रचार गरेर पछि लुकाइएका शुल्क थोपर्नु गलत हो,” एक अभिभावकले बताएका छन्।

Nepal life insurance

शिक्षा क्षेत्रमा लागू सरकारी मापदण्डअनुसार विद्यालयहरूले शुल्क संरचना पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। तर अभिभावकको गुनासोअनुसार उक्त विद्यालयले अस्पष्ट बिलिङ प्रणाली प्रयोग गरेको देखिएको छ।

यस विषयमा सम्बन्धित शिक्षा शाखा, स्थानीय सरकार तथा सरोकारवाला निकायले छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा अभिभावकलाई अन्योलमा पार्ने गतिविधि रोक्न कडा अनुगमन आवश्यक देखिएको स्थानीयको भनाइ छ।

#अर्घाखाँची #सन्धिखर्क #रेम्बोमन्टेस्वरी #शिक्षामाफिया #चर्कोशुल्क #अभिभावकगुनासो #शिक्षासमाचार #नेपालसमाचार #ब्रेकिङन्युज #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages