लोकप्रिय गायक मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा भावुक गीत ‘बैगुनी मायालु’ सार्वजनिक

 

काठमाडौं —नेपाली सांगीतिक क्षेत्रमा अत्यन्त मार्मिक तथा भावनात्मक गीत ‘बैगुनी मायालु’ सार्वजनिक भएको छ। प्रेम, पीडा र बिछोडको कथालाई समेटिएको उक्त गीतले दर्शक तथा श्रोताको मन छुने विश्वास निर्माण टिमले गरेको छ।

गीतमा लोकप्रिय गायक मोतिराज खनाल र गायिका यशोदा कार्की को सुमधुर स्वर रहेको छ। गीतका शब्द शंकर घिमिरे र विश्वास घिमिरेले संयुक्त रूपमा सिर्जना गरेका हुन् भने लय स्वयं गायक मोतिराज खनालले तयार पारेका छन्।

गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका हुन्। मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ कार्य सागर बाजुरालीले सम्पन्न गरेका हुन् भने मिक्सिङ खडक बाजुरालीले गरेका छन्।

म्युजिक भिडियोमा विश्वास घिमिरे, बिन्दु आचार्य, अनिशा बेल्बासे तथा विशेष घिमिरेको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन विश्वास घिमिरेले गरेका हुन्। ड्रोन क्यामेराको कार्य चोप सिलवालले गरेका छन् भने क्यामेरा तथा सम्पादनको जिम्मेवारी सन्जय पाठकले सम्हालेका छन्।

गाउँघरको मौलिक परिवेश, हरियालीले भरिएको शान्त वातावरण तथा मायाप्रेम र बिछोडको पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको ‘बैगुनी मायालु’ले नेपाली लोक तथा आधुनिक संगीतप्रेमी दर्शकमाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

#बैगुनीमायालु #मोतिराजखनाल #यशोदाकार्की #नेपालीगीत #लोकसंगीत #नयाँगीत #म्युजिकभिडियो #मनोरञ्जन #नेपालसमाचार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु