अर्घाखाँचीमा घरमै राहदानी सेवा सुरु: हुलाकमार्फत नागरिकको घरदैलोमै पासपोर्ट वितरण (तस्बिर सहित)

 

-अर्घाखाँची डटकम, संवाददाता ।

अर्घाखाँची — जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीजिल्ला हुलाक कार्यालय अर्घाखाँची बीच भएको समझदारीअनुसार अर्घाखाँचीमा घरमै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरिएको छ। सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने तथा हुलाक सेवालाई “Government Courier Service” का रूपमा विकास गर्ने शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. २७ कार्यान्वयन गर्दै जिल्लामा पहिलोपटक यस्तो सेवा सुरु गरिएको हो।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट आज मिति २०८३ जेठ ०७ गते दिउँसो २:३० बजे प्राप्त २२ थान राहदानीमध्ये छत्रदेव गाउँपालिका वडा नं. १ ठुलाखर्क तथा वडा नं. ३ मर्थुमका सेवाग्राहीलाई साँझ ५ बजेभित्र घरमै पुगेर वितरण गरिएको छ। वडा नं. ३ का एक सेवाग्राहीले भने स्वेच्छाले जिल्ला हुलाक कार्यालयमै उपस्थित भई राहदानी बुझ्नुभएको जनाइएको छ।

images

images

त्यस्तै मालारानी गाउँपालिका का सेवाग्राहीका ३ थान राहदानी सम्बन्धित हुलाक कार्यालयमा पुर्‍याइसकिएको र भोलिदेखि वितरण सुरु गरिने बताइएको छ। अन्य पालिकाका सेवाग्राहीको विवरण तयारी तथा प्याकिङ कार्य सम्पन्न भइसकेको र भोलिदेखि सम्बन्धित पालिकाका हुलाकमार्फत राहदानी वितरण सुरु गरिने जानकारी दिइएको छ।

images

घरदैलोमै सरकारी सेवा उपलब्ध हुने भएपछि सेवाग्राहीलाई समय बचत, सहजता तथा प्रशासनिक झन्झट कम हुने अपेक्षा गरिएको छ। जिल्लामा सुरु गरिएको यो सेवा प्रभावकारी बनेमा अन्य सरकारी सेवा पनि हुलाकमार्फत घरमै उपलब्ध गराउने तयारी गरिएको जनाइएको छ।

Nepal life insurance

#अर्घाखाँची #राहदानीसेवा #पासपोर्ट #घरमैसेवा #जिल्लाप्रशासनकार्यालय #हुलाकसेवा #सरकारीसेवा #नेपालसमाचार #ताजा_अपडेट #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages